आइतबार, असार २८, २०८३

मार्सेल्लीविरुद्ध सिटीको सहज जित

काठमाडौं– म्यानचेस्टर सिटीले मंगलबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा फ्रेन्च क्लब मार्सेल्लीलाई ३–० गोलअन्तरले हराएको छ।
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

काठमाडौं– म्यानचेस्टर सिटीले मंगलबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा फ्रेन्च क्लब मार्सेल्लीलाई ३–० गोलअन्तरले हराएको छ।

मार्सेल्लीको घरेलु मैदानमा सम्पन्न खेलमा जितका लागि पाहुना टिमका फरान टोरेस, इल्के गुन्डोगल र रहिम स्टिर्लिङले १–१ गोल गरे।

खेलको १८ औं मिनेटमा गोल गर्दै टोरेसले सुरुवाती अग्रता बनाएका थिए। उनको गोलसँगै पहिलो हाफमा सिटी एक गोलले अघि रह्यो।

दोस्रो हाफको ७६ औं मिनेटमा गुन्डोगनले गोल गर्दै अग्रतालाई दोब्बर बनाए भने स्टार्लिङले ८१ औं मिनेटमा अर्को गोल थपे।

गोलका लागि केभिज डि ब्रुनले दुई एसिस्ट गरे भने स्टार्लिङले गुन्डोगनलाई ७६ औं मिनेटमा पास उपलब्ध गराएका थिए।

तीन गोलको जितसहित सिटी समूह सीको शीर्षस्थानमा छ। त्यस्तै पराजित मार्सेल्ली भने समूहको पुछारमा छ।

समूह सी अन्तर्गतकै अर्को खेलमा पोर्टोले घरेलु मैदानमा ओलम्पिआकोसलाई २–० गोलले हराएको छ। जितसहित तीन अंक बनाएको पोर्टो समूहको दोस्रो स्थानमा छ भने ओलम्पिआकोस तेस्रो स्थानमा छ।
 

प्रकाशित: Oct 28, 2020| 01:33 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।