आइतबार, असार २८, २०८३

च्याम्पियन्स लिग : दोस्रो खेलमा पनि रियल मड्रिड जितविहीन

काठमाडौं– यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ। मोन्चेनग्लाडबाखको मैदानमा सम्पन्न खेलमा रियल घरेलु टिमसँग २–२ गोलको बराबरीमा रोकिएको थियो।
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

काठमाडौं– यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ। मोन्चेनग्लाडबाखको मैदानमा सम्पन्न खेलमा रियल घरेलु टिमसँग २–२ गोलको बराबरीमा रोकिएको थियो।

रियलले खेलको दोस्रो हाफमा गोल गर्दै खेलमा पुनरागमन गरेको थियो। त्यसअघि पहिलो हाफको ३३ औं मिनेटमा ग्लाडबाखका मार्कस थुरमले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए।

थुरमको गोलसँगै पहिलो हाफमा एक गोलले अघि रहेको टिमले दोस्रो हाफको ५८ औं मिनेटमा एक गोल थप्पो। दोस्रो गोल पनि थुरमले नै गरे।

यता दुई गोलले पछि परेको अवस्थामा रियलका करिम बेञ्जोमाले निर्धारित समयको तीन मिनेटअघि गोल गर्दै खेलमा फर्कन चाहे। त्यस्तै इन्ज्युरी समयको तेस्रो मिनेटमा ब्राजिलियन मिडफिल्डर कासिमेरोले गोल गर्दा खेल बराबरीमा आयो।

यो बराबरीसँगै रियलले च्याम्पियन्स लिगमा एक अंकसहित खाता खोलेको छ। ऊ समूह बी को पुछारमा छ। त्यस्तै मोन्चेनग्लाबाख २ अंकसहित दोस्रो स्थानमा छ।

समूह बी अन्तर्गत नै गएराति सम्पन्न खेलमा इन्टर मिलान र शख्तर डोनेट्स्कले गोलरहित बराबरी खेलेका छन्। बराबरीसँगै उनीहरुले पनि अंक बाँडेका छन्।

यसअघिको खेलमा सख्तरले रियललाई उसकै मैदानमा हराएर तीन अंक जोडेको थियो भने गएरातिको खेलबाट एक अंक थपेर शीर्षस्थानमा कायम छ।
त्यस्तै, दुई खेल बराबरी खेल्दै २ अंक जोडेको मिलान तेस्रो स्थानमा छ।
 

प्रकाशित: Oct 28, 2020| 00:44 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।