शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दुर्गा प्रतिमा विसर्जनका क्रममा झडप हुँदा विहारमा दुईको मृत्यु

दुर्गा प्रतिमा विसर्जनका क्रममा झडप हुँदा विहारमा दुईको मृत्यु

भारतको विहारको मुंगेर जिल्लामा दुर्गा प्रतिमा विसर्जनका क्रममा सोमबार श्रद्धालु र प्रहरीबीच हिंसात्मक झडप भएको छ।
 |  मंगलबार, कात्तिक ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०७७

काठमाडौं-  भारतको विहारको मुंगेर जिल्लामा दुर्गा प्रतिमा विसर्जनका क्रममा सोमबार श्रद्धालु र प्रहरीबीच हिंसात्मक झडप भएको छ। झडपमा दुई जनाको ज्यान गएको छ।

National life

मृत्यु हुनेमा एकजना १२ वर्षीय बालक छन् भने अर्का १९ वर्षका अनुराग पोद्दार छन्।

मुंगेरका डीएम राजेश मिणाका अनुसार केही प्रहरीसहित कम्तीमा २० जना घाइते भएका छन्।

उनले भने, 'प्रतिमा विसर्जनका क्रममा भीड नियन्त्रण गर्न खोज्दा घटना भएको हो।'

स्थानीय बासिन्दा रोहित कुमारका अनुसार ठूलो प्रतिमा विसर्जनका विषयमा विवाद भयो। उनले भने, 'हाम्रो परम्परा प्रतिमा कहार जातिका मानिसले उठाएर लैजाने रहेको छ। तर प्रहरीले हामीलाई रोकर प्रतिमा विसर्जन गर्न खोज्यो।'

Laxmi sunrise bank
kumari

उनले झडपमा प्रहरी अधिकारी दोषी रहेको बताए। - बीबीसी
 

प्रकाशित: Oct 27, 2020| 12:50 मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।