काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रा लि ले नवलपुरको कावासोतीमा ५३ औँ सर्भिस सेन्टर दुर्गा एण्ड सन्स् अटोमोवाइलस् प्रा लि को शुभारम्भ गरेको छ।
दुर्गा एण्ड सन्स् अटोमोवाइलस् प्रा लि सिप्रदीको ११ औँ आधिकारिक सर्भिस सेन्टर हो।
टाटा मोटर्स ग्राहक सेवाका नेपाल प्रतिनिधिसामान्य दास तथा एग्रीकल्चर एण्ड फरेस्ट कन्जरभेसन रिसर्च सेन्टर, हाई टेक फिसरिज् एण्ड रिसर्च सेन्टरका अध्यक्ष मेघराज श्रेष्ठले संयुक्त रुपमा उक्त सर्भिस सेन्टरको उद्घाटन गरेका थिए।
उक्त अवसरमा सिप्रदी ट्रेडिङ प्रा लि ग्राहक सेवाका सिनियर महाप्रबन्धक साम्देन टि लामा, दुर्गा एण्ड सन्स् अटोमोवाइलस् प्रा लि का प्रबन्ध निर्देशक गोपाल प्रसाद भट्टराई तथा ग्राहकहरुको पनि उपस्थिति रहेको थियो।
उक्त सर्भिस सेन्टरबाट टाटा कमर्सियल गाडीका ग्राहकहरुले सर्भिस तथा मर्मत सम्बन्धि सम्पूर्ण सेवा तथा सुविधाहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।