शनिबार, असोज १७, २०८३

नाडाको निर्वाचन मंसिर २२ र २३ गते

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औँ वार्षिक साधारणसभा तथा निर्वाचन मंसिरमा हुने भएको छ ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औँ वार्षिक साधारणसभा तथा निर्वाचन मंसिरमा हुने भएको छ । 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर २२ र २३ गते होटल सोल्टीमा साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेको हो । 

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्षलगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्यसमितिको निर्वाचन हुनेछ । नाडाले सातवटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एसोसिएसन समेत गठन गरिसकेको जनाएको छ ।

सो बैठकमा अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतनासम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका सातवटा प्रदेशस्तरीय एसोसिएसनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेटलगायत, जनचेतनामूलक स्टिकर र कोभिडविरुद्धको मास्क समेत हस्तान्तरण गरेको नाडाले जनाएकोे छ । 

नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एसोसिएसनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरुमार्फत वितरण गर्नेछन् ।

नाडाले गत भदौ २५ गते त्रिपुरेश्वर चोकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो ।

प्रकाशित: Sep 26, 2021| 14:27 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्