मंगलबार, चैत ३, २०८२

रोनाल्डिन्होलाई पनि कोरोना संक्रमण

बार्सिलोना तथा ब्राजिलका पूर्व स्टार रोनाल्डिन्होलाई कोरोना भाइरस संक्रमण भएको छ।
 |  मंगलबार, कात्तिक ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०७७

बार्सिलोना तथा ब्राजिलका पूर्व स्टार रोनाल्डिन्होलाई कोरोना भाइरस संक्रमण भएको छ। ४० वर्षे पूर्व मिडफिल्डर अहिले ब्राजिलमै छन्। आफू सेल्फ आइसोलेसनमा बसेको उनले बताएका छन्।

National life

‘म हिजोदेखि बेलो होरिजोन्टेमा छु। एउटा कार्यक्रममा भाग लिन म यहाँ आएको हुँ। मलाई कोरोना पाजेटिभ देखिएको छ,’ रोनाल्डिन्होले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म ठीक छु। कुनै लक्षण देखिएको छैन। तर हामीले केही दिनका लागि कार्यक्रम सारेका छौं। हामी चाडै सँगै हुनेछौं।’

यसअघि पोर्चुगल फुटबल स्टार रोनाल्डोलाई पनि कोरोना संक्रमण भएको थियो।

रोनाल्डिन्हो पाराग्वेमा झन्डै ५ महिना जेलमा बसेर गत अगष्टमा छुटेका हुन्। जाली पासपोर्ट बोेकेको आरोपमा उनी पक्राउ परेका थिए।

प्रकाशित: Oct 27, 2020| 01:45 मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।