आइतबार, असार २८, २०८३

आईपीएल २०२० : चौथो स्थानमा उक्लियो पञ्जाब

यूएईमा जारी आईपीएल २०२० को सोमबार राति सम्पन्न ४६ औं खेलमा किंग्स इलेभेन पन्जाबले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ।
 |  सोमबार, कात्तिक १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १०, २०७७

यूएईमा जारी आईपीएल २०२० को सोमबार राति सम्पन्न ४६ औं खेलमा किंग्स इलेभेन पन्जाबले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ।

कोलकाताले प्रस्तुत गरेको १५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो। पन्जाबको जितमा ओपनर मन्दीप सिंहले अविजित ६६ रन जोडे। उनले ५६ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए।

मन्दीप र क्रिस गेलले दोस्रो विकेटका लागि सय रनको साझेदारी गरेपछि पन्जाबले सहज जित हासिल गरेको हो। गेलले २९ बलमा ५१ रन जोडे । उनले २ चौका र ५ छक्का प्रहार गरेका थिए।

त्यसअघि शारजहा क्रिकेट रंगशालामा ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन जोडेको थियो। 

जितसँगै पन्जाब कोलकातालाई उछिन्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। पन्जाब र कोलकाता दुवैको १२ खेलमा १२ अंक भए पनि नेट रनरेटमा पन्जाब अघि बढेको हो।

मुम्बई, दिल्ली र बेंगलोर ११ खेलमा समान १४ अंकसहित क्रमशः शीर्ष तीन स्थानमा छन्  राजस्थानको १० तथा हैदरावाद र चेन्नईको ८/८ अंक छ।

प्रकाशित: Oct 26, 2020| 23:38 सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।