शनिबार, असोज १७, २०८३

डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार

झापाको बिर्तामोडमा डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उदघाटन क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका छन्।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– झापाको बिर्तामोडमा डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उदघाटन क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका छन्। झापाका आन्य स्थानहरूमा डीएच फाइबरनेट चाँडै पुग्ने बिक्री अधिकारी प्रज्वल अधिकारीले बताए।

डिशहोम फाइबरनेट देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले सुरु गरेको हो । 

डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । 

काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । 


प्रकाशित: Sep 26, 2021| 14:24 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्