आइतबार, असार २८, २०८३

आज कोलकातालाई पञ्जाबको चुनौती

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (सोमबार) ४६ औं खेल साँझ पौने ८ बजे  कोलकाता नाइट राइडर्स र किंग्स इलेवेन पञ्जाबबीच शारजाह मैदानमा हुँदैछ।
 |  सोमबार, कात्तिक १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १०, २०७७

काठमाडौं –  १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (सोमबार) ४६ औं खेल साँझ पौने ८ बजे  कोलकाता नाइट राइडर्स र किंग्स इलेवेन पञ्जाबबीच शारजाह मैदानमा हुँदैछ।

अंकतालिकाको शीर्ष तीनमा रहेका मुम्बई, दिल्ली र बैंगलोरले पछिल्ला खेल हारेपछि प्ले अफको चौथो स्थानका लागि प्रतिस्पर्धा चुलिएको छ। यसकारण आजको खेल पनि रोमाञ्चक बन्नेछ।

आजको खेलमा जित्ने टिमलाई प्ले अफमा पुग्नका लागि एक खुड्किला सरल पर्नेछ भने होर्ने टिमलाई गाह्रो हुनेछ। किनभने कोलकाता र पञ्जाब दुवै टिम शीर्ष चारका दाबेदार हुन्।

अंकतालिकामा कोलकाता चौथो स्थानमा छ भने पञ्जाब पाँचौ स्थानमा छ। कोलकाताले १२ अंक बनाउँदा पञ्जाबको १० अंक छ। रन रेटका आधारमा भने पञ्जाब कोलकाताभन्दा राम्रो अवस्थामा छ।

यि दुई टिमबीच भएको सिजनको पहिलो खेलमा कोलकाताले पञ्जाबविरुद्ध २ रनको रोमाञ्चक जित निकालेको थियो।

दुबईमा भएको २४ औं खेलमा कोलकाताले ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको पञ्जाबले ५ विकेट गुमाउँदै १६२ रन बनाएको थियोे।

पञ्जाबमा केएल राहुल, मयंक अग्रवाल र क्रिस गेल जस्ता विस्फोटक ब्याट्सम्यान छन्। उनीहरुले क्लबलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

कोलकाताका कप्तान इयोग मोर्गन र शुभमन गिलले पनि उत्कृष्ट प्रदर्शन गरिरेहेका छन्। आईपीएल इतिहास हेर्ने हो भने यी दुई टिमबीच २६ खेल भएका छन्। जसमा कोलकत्ताले १८ जित निकालेको छ भने पञ्जाबले ८ जित निकालेको छ।

सम्भावित प्लेइङ सेट

कोलकता:  इयोन मोर्गन (कप्तान), शुभमन गिल, नितिश राणा, राहुल त्रिपाठी, सुनिल नेरन, पट कमिन्स, लकी फग्र्युसन, कमलेश नगरकोटी, प्रसिद्ध कृष्णा, वरुण चक्रवर्ती

पञ्जाब: केएल राहुल(कप्तान) मयंक अग्रवाल, निकोलस पुरन, दिपक हूडा, क्रिस गेल, ग्लेन म्याक्सवेल, क्रिस जोर्डन, मोहम्मद शमी, अर्शदिप सिंह, मुरुगन अश्विन, रवि विश्नोई
 

प्रकाशित: Oct 26, 2020| 07:20 सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।