काठमाडौं– अनलाइन बजार, दराजले आफ्नो वार्षिक उत्सव अभियान – दराज दशैं धमाका सुरु भएको घोषणा गरेको छ।
यो अभियान आइतबारदेखि सुरु भएको छ र यसमा ग्राहकहरुले १० लाख भन्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ।
अभियानको मुख्य आकर्षणहरु भने निः शुल्क शिपिंग, अनलाइन प्री–पेमेन्टमा २० प्रतिशत ९अधिकतम २५ सय० को छुट, रु ५००० सम्मको मेगा भाउचर, ५० हजार मूल्यको उत्पादन रु १ मा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कूटर रहेको छ।
त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिमि सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भाउचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनिको दाबी रहेको छ। अभियानको अन्य हाइलाइटहरु भने रश आवर, इमेज रिभिउ एण्ड विन, नयाँ प्रयोगकर्ताको लागि भाउचर, खेल क्षेत्रहरु, फलो एण्ड विन, विक्रेता वाउचर र फटाफट डिल रहेका छन्। अभियानको थप विवरण तल उल्लेख गरिएको छ ।
कार्ड प्रीपेमेन्ट छुटको कुरा गर्दा ग्राहकहरु डेबिट कार्डको माध्यमबाट २० प्रतिशत ९अधिकतम २ हजार छूट० र क्रेडिट कार्डको माध्यमबाट २० प्रतिशत (अधिकतम २५ सय छुट) सम्म बचत गर्न सक्षम हुनेछन्।
विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौँ र सिटिजन्स बैंकका ग्राहकहरु माथि उल्लेखित पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन्। यसबाहेक, ग्राहकहरु एनआईसी एशिया बैंक,सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट शून्य प्रतिशत ब्याजमा सजिलो मासिक किस्ता योजनाको मजा लिन सक्नेछन्।
साथै, आईएमई पे वा ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १० प्रतिशत (अधिकतम १ हजार) सम्मको अतिरिक्त छुट पाउन सक्नेछन्।
दशैं धमाकामा एम आई, फिलिप्स, आमय्रा, रोह्तो, कन्भर्स, लोट्टो, वाइल्डहर्न, एर्के, सीजी डिजिटल, पानासोनिक, न्यु ब्यालेन्स, बियर्डो, मी मी, मसला बिड्स, मामाअर्थ, फ्यानटेक, सामसंग, र रियल मि जस्ता पार्टनर ब्रान्डहरुले ७० प्रतिशतसम्मको छुट प्रस्ताव गरिरहेका छन्।