आइतबार, असार २८, २०८३

ईपीएलमा शीर्षस्थानका एभर्टन र आर्सनल पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा शीर्षस्थानको एभर्टन साउथह्याम्टनसँग पराजित भएको छ।
 |  सोमबार, कात्तिक १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १०, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा शीर्षस्थानको एभर्टन साउथह्याम्टनसँग पराजित भएको छ।

साउथह्याम्टनको सेन्ट म्यारी रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले एभर्टनलाई २–० गोलअन्तरले हराएको हो।

साउथह्याम्टनको जितका लागि जेम्स वर्ड प्रोस र चे एडम्सले समान १–१ गोल गरे। खेलको २७ औं मिनेटमै प्रोसले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। यता ३५ औं मिनेटमा एडम्सले गोल गर्दै अग्रतालाई दोव्बर बनाए।

एडम्सको गोलसँगै पहिलो हाफमा घरेलु टिम दुई गोलले अघि रह्यो। तर दोस्रो हाफमा कुनै गोल सम्भव नभएपछि शीर्षस्थानको एभर्टनले जारी सिजनमा पहिलो हार बेहोरेको हो।

बरु खेलको ७२ औं मिनेटमा डिफेन्डर लुका डिग्नीले हराब ट्याकल गरेर रेड कार्ड खाँदै बाहिरिनु परेको थियो। अघिबाटै दबाबमा रहेको एभर्टन रेड कार्डपछि थप दबाबमा आयो। 

हारका बाबजुद एभर्टन शीर्षस्थानमा छ भने १० अंक बनाएको साउथह्याम्टन छैंटौं स्थानमा छ।

आईपीएलका आइतबार राति नै सम्पन्न अर्को खेलमा आर्सनल लेस्टर सिटीसँग पराजित भएको छ। ऊ घरेलु मैदानमै आर्सनलसँग १–० गोलअन्तरले पराजित भएको हो।

लेस्टरको जितका लागि ज्यामी वर्डीले निर्णयक गोल गरे। जितसहित १२ अंक बनाएको लेस्टर अंकतालिकाको चौथो स्थानमा छ भने आर्सनल १० औं स्थानमा छ।
 

प्रकाशित: Oct 26, 2020| 00:35 सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।