आइतबार, असार २८, २०८३

आईपीएल : शीर्षस्थानमा रहेको मुम्बईलाई राजस्थानले हरायो

यूएईमा जारी आईपीएल २०२० को ४५ औं खेल राजस्थान रोयल्सले जितेको छ। अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकमा राजस्थानले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको हो।
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

यूएईमा जारी आईपीएल २०२० को ४५ औं खेल राजस्थान रोयल्सले जितेको छ। अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकमा राजस्थानले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको हो।

राजस्थानले मुम्बईलाई ८ विकेटले पराजित गर्दै प्लेअफको सम्भावना कायमै राखेको छ। जितका लागि १९६ रनको लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । राजस्थानको जितमा बेन स्टोक्सले अविजित शतकीय इनिङ खेले। स्टोक्स ६० बलमा १४ चौका र ३ छक्का सहित १ सय ७ रनमा अविजित रहे। 

त्यसअघि शेख जायद स्टेडियम अबुधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ५ विकटको क्षतिमा १९५ रन बनाएको थियो। 

जितसँगै राजस्थानको प्लेअफ सम्भावना कायमै रहेको छ। राजस्थानले अब शुक्रबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ। मुम्बईले भने बुधबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ।

आईपीएल अंकतालिकामा मुम्बई ११ खेलमा ७ मा जित र ४ मा हारसहित १४ अंकका साथ शीर्षस्थानमा छ। दिल्ली क्यापिटल्स ११ खेलमा ७ मा जित र ४ मा हारसहित दोस्रो स्थानमा छ। बेंगलोर ११ खेलमा ७ मा जित र ४ मा हारसहित तेस्रो स्थानमा छ। चेन्नई सुपर किंग्स १२ खेलमा ८ मा हार र ४ मा जितसहित पुछारमा छ।

प्रकाशित: Oct 25, 2020| 23:36 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।