मंगलबार, चैत ३, २०८२

आज बैंगलोरले चेन्नईसँग हरियो जर्सीमा खेल्ने

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज(आइतरबार) दुई खेल हुँदैछ।
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज(आइतरबार) दुई खेल हुँदैछ। 

National life

आजको पहिलो खेलमा महेन्द्र सिंह धोनीको टिम चेन्नई सुपर किंग्सले विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्नेछ।

सिजनको ४४ औं खेल जित्दै बैंगलोर प्लेअफमा आफ्नो स्थान बनाउन चहान्छ। यता  चेन्नई आफ्नो बाँकी खेल जित्दै पोइन्ट टेबलमा स्थिति सुधार गर्न चहान्छ।

जारी सिजनमा बैंगलोर चेन्नईभन्दा बलियो देखिएको छ। सिजनको पहिलो खेलमा पनि बैंगलोरले चेन्नईलाई ३७ रनले हराएको थियो। 

बैंगलोर शीर्षस्थानको लागि प्रतिस्पर्धा गरिरहेको छ, भने चेन्नई अंकतालिकाको पुछारमा छ।आईपीएल इतिहास हेर्ने हो भने बैंगलोर र चेन्नईबीच २६ खेल भएका छन्। 

Laxmi sunrise bank
kumari

जसमा चेन्नईले १६ खेल जितेको छ भने ९ खेल बैंगलोरलाई सुम्पिएको छ। एक खेल भने नजिताविहीन बनेको छ।

आजको खेलमा बैंगलोर हरियो रंगको जर्सीमा खेल्नेछ। उसले परम्परागन ड्ररेसलाई छोडेर एक खेलमा हरियो जर्सी लगाउने गर्छ। उसले प्रत्येक सिजनको एक खेलमा यस्तो गर्ने गरेको छ।

उसले ग्रिन एन्ड क्लिनको प्रेरणा दिने उद्देश्यका साथ एकपटक हरियो जर्सी प्रयोग गर्ने गरेको बताएको छ।

सम्भावित प्लेइङ सेट 
चेन्नईः
महेन्द्र सिंह धोनी (कप्तान), फाफ डू प्लेसिस, रितुराज गायकवड, अम्बाती रायडू, एन जगदिशन, सम करन, मिशेल सेन्टनर, रविन्द्र जाडेजा, दिपक चहर, शार्दूल ठाकुर, जोश हेजलवुड
बैंगलोरः विराट कोहली (कप्तान), एबी डिविलियर्स, देवदत्त पोडिक्कल, एरोन फिन्च, क्रिस मोरिसन, गुरकिरत सिंह मान, वाशिंटन सुन्दर, इसुरु उडाना, शाहबाज अहमद, नवदिप सैनी, युजवेन्द्र चहल

दोस्रो खेल अबुधाबीमा साँझ पौने ८ बजेबाट राजस्थान रोयल्सले मुम्बई इन्डियन्सको सामना गर्नेछ। 

मुम्बई आजको खेलबाट प्लेअफमा स्थान पक्का गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ भने राजस्थान मुम्बईलाई हराउँदै पहिलो खेलमा हारको बदला लिन चाहन्छ।

सिजनको २० औं खेलमा मुम्बईले ५७ रनले हराएको थियो। आईपीएल इतिहासमा मुम्बई र राजस्थान लभगभग उस्तै अवस्थामा छन्। 
मुम्बईले राजस्थानविरुद्ध २४ खेल खेल्दै १२ जित निकालेको छ भने ११ खेल राजस्थानको पोल्टामा परेको छ। बाँकी एक खेल विना नजिता टुंगिएको छ।

सम्भावित प्लेइङ सेट
राजस्थानः
 स्टिव स्मिथ (कप्तान), सन्जु समसन, जस बटललर, रविन उथप्पा, रियान पराग, बेन स्टोक्स, राहुल तेबतिया, श्रेयस गोपाल, अंकित राजपुत, जोफ्रा आर्चर, कार्तिक त्यागी
मुम्बईः  रोहित शर्मा (कप्तान), क्विन्टन डिकक, सूर्यकुमार यादव, ईशान किशन, क्रुणल पाण्ड्या, हार्दिक पाण्ड्या, किरोन पोलार्ड, नाथन कुल्टर नाइल, राहुल चाहर, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह

आज साँझ र राति अबुधाबी तथा दुबई रंगशालाको मौसम सफा रहनेछ भने तापक्रम २१ देखि ३५ डिग्रीबीत रहनेछ।
 

प्रकाशित: Oct 25, 2020| 08:08 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।