आइतबार, असार २८, २०८३

प्रिमियर लिगमा लिभरपुलको संघर्षपूर्ण जित

काठमाडौं– एक गोलले पछि परेको अवस्थाबाट लिभरपुलले इंग्लिस प्रिमियर लिगमा संघर्षपूर्ण जित निकालेको छ। उसले घरेलु मैदान एनफिल्डमा शेफिल्ड युनाइटेडलाई २–१ हराउँदै जित निकालेको हो।
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

काठमाडौं– एक गोलले पछि परेको अवस्थाबाट लिभरपुलले इंग्लिस प्रिमियर लिगमा संघर्षपूर्ण जित निकालेको छ। उसले घरेलु मैदान एनफिल्डमा शेफिल्ड युनाइटेडलाई २–१ हराउँदै जित निकालेको हो।

लिभरपुलका लागि रोबर्टो फर्मिनो र डियागो जोटाले गोल गरे। फर्मिनोले खेलको ४१ औैं मिनेटमा एक गालले पछि परेको अवस्थामा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। फर्मिनोको गोलसँगै पहिलो हाफमा खेल बराबरीमा आयो।

दोस्रो हाफको ६४ औं मिनेटमा गोल गर्दै जोटाले लिभरपुललाई अग्रता दिए। सोही अग्रताका साथ साविक विजेता लिभरपुलले खेल जिल्यो।

यता खेलको १३ औं मिनेटमा शेफिल्डका सान्डर बेर्गले पेनाल्टीमार्फत् गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए। सो अग्रता जोगाउन नसक्दा उसले हारको सामना गरेको हो।

पराजित शेफिल्ड पुछारबाट दोस्रो स्थानमा छ भने लिभरपुल १३ अंकका साथ दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको एभर्टोनको पनि समान १३ अंक छ।

शनिबार राति नै सम्पन्न अर्को खेलमा क्रिस्टल प्यालेसले फुलहामलाई २–१ गोलअन्तरले हराएको छ।
 

प्रकाशित: Oct 25, 2020| 02:38 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।