आइतबार, असार २८, २०८३

बायर्न र डर्टमुन्डको सहज जित, लेवान्डोस्कीको नयाँ रेकर्ड

काठमाडौं– फरवार्ड रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिकले आइन्टराक्ट फ्रांकफुटविरुद्ध सानदार जित निकालेको छ।
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

काठमाडौं– फरवार्ड रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिकले आइन्टराक्ट फ्रांकफुटविरुद्ध सानदार जित निकालेको छ।

बायर्नको घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नले ५–० गोलको जित निकालेको हो।

जितका लागि लेवान्डोस्कीका साथ लिरोय साने र जमल मुसिअलाले समान १–१ गोल गरे।

लेवान्डोस्कीले खेलको १० औं, २६ औं र ६० औं मिनेटमा गोल गदैं ह्याट्रिक पुरा गरेका थिए। उनी सिजनको सुरुवाती पाँच राउन्डमा १० गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

यता कमजोर प्रतिस्पिर्धि फ्रांकफुटले भने गोल गर्न सकेन।

पाँच खेलमा ४ जित र एक हारसहित १२ अंक बनाएको बायर्न अंकतालिकोको दोस्रो स्थानमा छ भने पराजित फ्रांकफुट छैटौं स्थानमा छ।

शनिबार राति नै सम्पन्न अर्को खेलमा डर्टमुन्डले शाल्केविरुद्ध ३–० गोलको सहज जित निकालेको छ। यसका लागि म्यानुएल एकन्जी, इर्लिङ ब्रुट हाल्यान्ड र माट्स ह्युम्मेल्सले समान १–१ गोल गरे।

जितसहित डर्टमुन्ड तेस्रो स्थानमा छ भने साल्के पुछारबाट दोस्रो स्थानमा छ।

बुन्डेलिगमा १३ अंकका साथ लाइप्जिक शीर्षस्थानमा छ। उसले पाँच खेलमा चार जित र एक बरबरी बनाएको छ।
 

प्रकाशित: Oct 25, 2020| 01:37 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।