आइतबार, असार २८, २०८३

लुकाकुको गोलमा इन्टर मिलानको जित

काठमाडौं– इटालियन सिरी ए अन्तर्गत शनिबार राति सम्पन्न खेलमा इन्टर मिलानले जेनोआमाथी सहाज जित निकालेको छ।
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

काठमाडौं– इटालियन सिरी ए अन्तर्गत शनिबार राति सम्पन्न खेलमा इन्टर मिलानले जेनोआमाथी सहाज जित निकालेको छ।

जिनोआको मैदानमा सम्पन्न खेलमा मिलानले घरेलु टिमलाई २–० गोलअन्तरले हराएको हो। जितका लागि रोमेलु लुकाकु र डानियालो डिएम्ब्रसियोल गाले गरे।

पहिलो हाफ गोलरहित बारबरी भएपछि इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो। जसमा लुकाकुले ६४ औं मिनेटमा पहिलो गोल गरे भने डिएम्ब्रेसियोले ७९ औं मिनेटमा दोस्रो गोल गरे।

जितसँगै इन्टर मिलान अंकतालिकाको तेस्रो स्थानमा छ। ऊ पाँच खेलबाट १० अंक बनाएर तेस्रा स्थानमा छ। पराजित जिनोआ भने १५ औं स्थानमा छ।

त्यस्तै, शनिबार राति नै सम्पन्न अर्को खेलमा लाजियोले बोलोग्नालाई २–१ गोलअन्तरले हराएको छ। लाजियोको जितका लागि सिरो इमोवाइल र लुईस अल्बर्टोले गोल गरे भने बोलोग्लानका लोरेन्जोले सान्त्वना गोल गरे।

जितसहित लाजियो १० औं स्थानमा छ भने पराजित बोलोग्ना भने पुछारबाट तेस्रो स्थानमा छ।
 

प्रकाशित: Oct 25, 2020| 01:12 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।