आइतबार, असार २८, २०८३

आईपीएलमा हैदराबादविरुद्ध पञ्जाबको जित

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल)मा शनिबार राति सम्पन्न दोस्रो खेलमा किंग्स इलेवेन पञ्जाबले सनराइजर्स हैदराबादलाई हराएको छ। दुबईमा सम्पन्न खेलमा पञ्जाबले १२ रनको जित निकालेको हो।
 |  शनिबार, कात्तिक ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ८, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल)मा शनिबार राति सम्पन्न दोस्रो खेलमा किंग्स इलेवेन पञ्जाबले सनराइजर्स हैदराबादलाई हराएको छ। दुबईमा सम्पन्न खेलमा पञ्जाबले १२ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङ सम्हालेको पञ्जाबले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १२६ रन बनाएको थियो। उसका लागि निकोलस पुरनले अविजित ३२ रन बनाए भने केएल राहुलले २७ रन बनाए। त्यस्तै, क्रिस गेलले २० र मनदिप सिंहले १७ रन बनाए।

यता हैदराबादका सन्दिप शर्मा, जेसन होल्डर र राशिदल खानले समान २–२ विकेट लिए।

१२७ रनको लक्ष्यका साथ मैदान पसेको हैदराबाद अन्तिम बल बाँकी रहँदै ११४ रनमै सम्पूर्ण विकेट गुमाएर पराजित भएको थियो।

हैदराबादका कप्तान डेबिड बार्नर र विजय शंकरले क्रमशः ३५ र २६ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

यता पञ्जाबका लागि अर्शदिप सिंह र क्रिस जोर्डनले समान ३–३ विकेट लिए।

जित सहित १० अंक बनाएको पञ्जाब अंकतालिकाको पाँचौ स्थानमा छ। ऊ प्लेअफको लागि स्थान सुरक्षित गर्ने दाउमा छ। त्यस्तै पराजित हैदराबाद ८ अंकका साथ छैटौं स्थानमा छ।
 

प्रकाशित: Oct 24, 2020| 23:41 शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।