मंगलबार, चैत ३, २०८२

एल क्लासिको : एउटा शान्त महाभिडन्त

स्पेनिस शीर्ष फुटबल लिग ला लिगामा आज (शनिबार) ‘महाभिडन्त’ हुँदैछ।
 |  शनिबार, कात्तिक ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ८, २०७७

काठमाडौं– स्पेनिस शीर्ष फुटबल लिग ला लिगामा आज (शनिबार) ‘महाभिडन्त’ हुँदैछ।

National life

स्पेनको स्थानीय भाषमा ला लिगाको सर्वाधिक विजेता रियल मड्रिड र उसको निकट प्रतिद्वन्द्वी बार्सिलोनाको खेललाई ‘एल क्लासिको’ भनिन्छ।

एल क्लासिकोको अर्थ महाभिडन्त भन्ने लाग्छ। शनिबार राति पौने ८ बजे त्यही रियल मड्रिडले बार्सिलोनासँग सिजनको पहिलो खेल खेल्नेछ।

आजको खेल क्याटलोनियन क्लब बार्सिलोनको मैदान क्याम्प नाउमा हुनेछ। तर आजको खेलमा दर्शक हुने छैनन्।

इतिहासमै पहिलोपटक यि दुई क्लब समर्थतकबिना खेल्न लागेका हुन्। त्यसैले आजको खेललाई ‘शान्त महाभिडन्त’ भनिएको छ।
स्पेनमा कोरोनाको केस अझैसम्म पनि धेरै मात्रामा देखिएकाले रंगशालामा समर्थकको उपस्थिती खुल्ला गरिएको छैन्।

Laxmi sunrise bank
kumari

यसकारण आजको एल क्लासिको शान्त रहनेछ। स्पनेमा एल क्लासिकोमा दर्शकका लागि रंगशाला खोल्ने बारेमा वार्ता भए पनि बन्द नै राख्ने अन्तिम निर्णय भएको थियो।

अब डिसेम्बर ८ मा च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसविरुद्धको खेलमा भने क्याम्प नाउमा दर्शक आउन सक्ने विश्वास गिरिएको छ।

एल क्लासिकोको इतिहासमा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले सबैभन्दा धेरै २६ गोल गरेका छन्। उनले रियलविरुद्धको ४१ खेलमा सो २६ गोल गरेका हुन्। जसमा बार्सिलोनाले १९ जित, ११ बराबरी र १३ हारको सामाना गरेको छ।

अहिले चलिरहेका खेलाडीमध्ये उनीपछि एल क्लासिकोमा धेरै गोल गर्ने खेलाडी क्रिस्टियानो रोनाल्डो हुन्। तर उनी इटालियन क्लब युभेन्टस पुगिसकेका छन्।

रोनाल्डोले नौ सिजनमा रियलबाट बार्साविरुद्ध १८ गोल गरेका छन्। लस ब्लांकोसको इतिमासमा भने अल्फ्रेदो डि स्टोफानो एल क्लासिकोमा धेरै गोल गर्ने खेलाडी हुन्।

दुवैका लागि कठिन समय

ला लिगामा अहिले दुवै क्लबका लागि कठिन समय छ। लिगको पछिल्लो २ खेलमा बार्सिलोनाले जित निकाल्न सकेको छैन भने रियलले पनि यसअघिको खेलमा दोस्रो डिभिजनबाट आएको काडिजसँग हार बेहोरेको थियो।

युरोपको शीर्ष क्लबका रुपमा चर्चा कमाएका दुवै क्लबले अहिले आफ्नो बर्चस्व गुमाएका छन्। उनीहरु कमजोर प्रदर्शनका कारण पछि परिरहेका हुन्।

अहिले दुवै टिम आफ्नो खेल साइकलको महत्वपूर्ण घडिमा छन्। यसले शनिबारको एल क्लासिको नयाँ र युवा खेलाडीसँग खेलिनेछ। जहाँ बार्सिलोनाका नौ नयाँ खेलाडीले क्लासिकोमा डेब्यू गर्नेछन्।

आजको खेलमा यू–२३ का अन्सू फाटी, फ्रांक डि जोङ र सर्जियो डेस्ट पहिलो रोजाइका खेलाडीका रुपमा मैदान प्रवेश गर्न सक्नेछन भने पेड्री, ट्रिनाको, ओउसमान डेम्बेले, रोनाल्ड अराउजो र रिकी पिउग बेञ्चमा हुनेछन्।

यता रियल मड्रिडका पनि यू–२३ समूहका ७ खेलाडी छन्। जसमा फेडे भलवार्डे र भिनिसियस जुनियर पहिलो रोजाइका साथ मैदान प्रवेश गर्न सक्नेछन्। उनीहरुको समूहमा राड्रिगो पनि पर्न सक्नेछन तर रोटेसनका आधारमा उनीहरुको प्लेइङ सेटमा पर्न सक्ने वा नसक्ने हुन्, भन्न गाह्रो छ।

टिम हेर्ने हो भने बार्सिलोनको फरवार्ड लाइन रियल मड्रिडको भन्दा बलियो देखिन्छ। यता रियलको डिफेन्स युरोपमै चर्चित छ। जहाँ कप्तान रामोस र मार्सेल्लो जस्ता खेलाडी छन्।

यद्यपी आजको खेल बार्सिलोनाका कप्तान मेस्सी र रियलका प्रशिक्षक जिनेदिन जिदानेबीचको टक्कर हुनेछ। जिदानले क्लासिकोका लागि अनुभवी प्रशिक्षक मानिन्छन् भने मेस्सी क्लासिकोका सर्वाधिक गोलकर्ता।

यसकारण मेस्सीको खेल र जिदानेको रणनीति आजको मुख्य आकर्षण हुनेछ।
एल क्लासिको इतिहासको कुरा गर्ने हो भने बार्सिलोनाले रियलविरुद्ध ३९९ गोल गरेर आज ४०० गोल पुर्याउने दाउमा छ। त्यस्तै, तर पछिल्ला दुई खेलमा रियल अपराजित छ।

प्रकाशित: Oct 24, 2020| 09:45 शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।