आइतबार, असार २८, २०८३

 कोलकत्ता–हैदारबाद र पञ्जाबलाई प्ले अफको चिन्ता

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज (शनिबार) दुई खेल हुँदैछन्। पहिलो खेल अबुधाबीमा पौने ४ बजेबाट कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटलको समाना गर्नेछ।
 |  शनिबार, कात्तिक ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ८, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज (शनिबार) दुई खेल हुँदैछन्। 

पहिलो खेल अबुधाबीमा पौने ४ बजेबाट कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटलको समाना गर्नेछ।

दिल्ली क्यापिटल आफ्नो आठौं जित निकाल्दै शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ भने कोलकत्ता प्ले अफमा स्थान सुरक्षित गर्ने दाउमा मैदान उत्रने छ।

तर कोलकत्ता पछिल्लो खेलबाट कमजोर देखिएको छ। रोयल च्यालेन्जर्स बैंगलोरले उसलाई सबैभन्दा कम स्कोरमा रोकेको थियो।

यसकारण ऊ आज जित निकाल्दै खेलमा फर्कन र सिजनको पछिल्लो हारको बादला लिन चाहान्छ। यता दिल्ली खेल जित्दै प्लेअफका लागि स्थान पक्का गर्न चहान्छ।

सबै खेलाडी फर्ममा रहेको दिल्लीले सिजनको पहिलो खेलमा कोलकत्तालाई १८ रनले हराएको थियो। 

दिल्लीले पहिलो खेलमा सुरुवाती ब्याटिङ गर्दै २२४ रन बनाएको थियो। उक्त लक्ष्य कोलकत्ताले भेट्न सकेको थिएन्।

पाँच खेल मात्र जितेका कोलकत्ता अंकतालिकाको चौथो नम्बरमा छ। यता दिल्ली १४ अंकसहित शीर्षस्थानको लागि संघर्ष गरिरहेको छ।
जारी सिजनमा बलियो देखिएको दिल्लीको कोलकत्तासँगको हेड टू हेड भने कमजोर छ। 

उसले कोलकत्तासँग २६ खेल खेलेर १२ जित निकालेको छ भने १३ जित कोलकत्तालाई सुम्पिएको छ। एक खेल भने नतिजा विहिन भएको थियो।

सम्भावित प्लेइङ सेट 
कोलकत्ताः
इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक, शुभमन गिल, राहुद त्रिपाठी, नितिश राणा, पट कमिन्स, सुनिल नरेन, शिवम् मावी, लकी फग्र्युसन, कुलदिप यादव, वरुण चक्रवर्ती

दिल्लीः श्रेयस अयर, ऋषभ पन्त, पृथ्वी श, शिखर धवन, शिमरन हेट्मेयर, कार्मस स्टोइनिस, अक्षर पटेल, कागिसो रबाडा, एनरिच नोर्तजे, रविचन्द्र आश्विन, तुषार पाण्डे

दोस्रो खेलमा किंग्स इलेवेन पञ्जाब र सनराईजर्स हैदराबाद

आज पौने ८ बजे दुबई रंगशालामा प्रतिस्पर्धा गर्नेछन्। दुबै टिम प्ले अफका लागि संघर्षरत छन्। उनीहरुका लागि यो खेल महत्वपूर्ण छ।
आईपीएलमा यो सिजनको पछिल्लो खेल हेर्ने हो भने हैदराबादलले ६९ रनले पञ्जाबलाई हराएको थियो। 

२०२ रनको लक्ष्य पछ्याएको पञ्जाब १३२ रनमै अल आउट भएको थियो। तर अब पञ्जाबमा टि २० का युनिभर्सल बोस क्रिस गेलले इन्ट्रि गरिसकेका छन्।

यसकारण आजको यि दुई टिमबीचको खेल हेर्नलायक हुनेछ। आईपीएल इतिहास हेर्ने हो भने हैदराबदले पञ्जाबभन्दा अघि छ। 
यि दुई टिमबीच १५ खेल हुँदा ११ खेल हैदराबादले जितेको छ भने ४ खेलमा मात्र पञ्जाब हाबी भएको छ।

सम्भावित प्लेइङ सेट 
पञ्जाबः
केएल राहुल (कप्तान), मयंक अग्रवाल, निकोलस पुरन, क्रिस गेल, ग्लेन म्याक्सवेल, दिपक हुँडा, जिमी निशम, मुरुगन अश्विन, मोहम्मद शामी, रवि विश्नोई, अर्शदिप सिंह

सनराइजर्स हैदारबाद : डेबिड वार्नर (कप्तान), जोनी वेयरस्टो, मनिष पाण्डे, केन विलियम्सन, प्रियम गर्ग, अब्दुल समद, विजय शंकर, राशिद खान, सन्दिप शर्मा, टी नटराजन, शाहबाज नदिम

आज साँझ र राति यूएईको मौसम सफा रहने छ भने दुवै मैदानको तापक्रम २२ देखि ३५ डिग्रीको बीच रहने छ।
 

प्रकाशित: Oct 24, 2020| 08:36 शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।