मंगलबार, चैत ३, २०८२

आठौं हार पीडादायी भयोः  धोनी

चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आठौं हार पीडादायी भएको बताएका छन्।
 |  शनिबार, कात्तिक ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ८, २०७७

काठमाडौं- चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आठौं हार पीडादायी भएको बताएका छन्।

National life

शुक्रबार राति डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सविरुद्ध ३० रनमै ६ विकेट गुमाइसकेको चेन्नईले पुरा ओभर खेल्दै ९ विकेट गुमाएर ११४ रन बनाएको थियो।

जवाफी ब्याटिङमा मुम्बईले १३ ओभरमै लक्ष्य भेट्टाएपछि चेन्नईले १० विकेटको लज्जास्पद हार बेहोर्यो। उनको फ्रेन्चाइज क्लब १३ औं सिजनको ११ खेलमा तीन जितका साथ अंकतालिकाको पुछारमा छ भने चेन्नईको लिग चरणको तीन खेलमात्र बाँकी छ।

‘तपाईंले जे चहानु भएको छ, त्यो पाउनु भएन भने पक्कै पनि चोट पुग्नेछ,’ धोनीले आईपीएल ब्रोडकास्टर स्टार स्पोर्टसँग भने, ‘र, वास्तवमा यो वर्ष हाम्रो वर्ष बन्न सकेन। एक वा दुई खेल छोडेर हामीले अधिकांश खेलमा राम्रो फिल्डिङ र ब्याटिङ गरिरहेका छौं। त्यसैले जब दिनको अन्त्यमा आठ वा दस विकेटले गुमाउनुहुन्छ त्यो कम महत्वपूर्ण हुनेगर्छ।’

उनले थपे, ‘जब हामी प्रतियोगिताको फर्ममा हुन्छौं, यस्तो हारले साँच्चै नै पीडा दिन्छ। मलाई लाग्छ सबै खेलाडीले पीडा महसुस गरेका छन्। खेल सँधै तपाइँको पक्षबाट जाँदैन, आशा गरौं बाँकी तीन खेलमा हामी अन्तिम कोसिस गर्नेछौं।’

Laxmi sunrise bank
kumari

चेन्नईले उद्घाटन खेलमा मुम्बईलाई पाँच विकेटल हराएपछि त्यो खेलमा ७१ रन बनाएका अम्बाती रायडू चोटग्रस्त बनेका थिए। 
त्यस्तै दिल्लीविरुद्धको खेलमा ड्वेन ब्रभो चोटग्रस्त बनेपछि उनले पनि खेल गुमाए।

यसकारण पनि चेन्नईले नयाँ नयाँ फम्र्याट प्रयोग गर्नुपरेको थियो। 

‘दोस्रो खेल (राजस्थान रोयल्सविरुद्ध) नै हेर्ने हो भने पनि रायडू उपस्थित थिएनन्। जो प्रतियोगिताका लागि तयार भइसकेका थिएनन् उनीहरुले चान्स पाएका थिए। 

‘जब हामीले राम्रो सुरुवात गर्न सकेनौँ त्यसले मिडल अर्डरलाई दबाव बढ्यो,’ उनले भने।

कप्तान धोनीले जारी सिजनमा भाग्यले पनि चेन्नईलाई साथ नदिएको बताएका छन्। उनले भने, ‘कतिपय अवस्थामा लकले पनि साथ दिनुपर्छ। जस्तो कि पहिले ब्याटिङ गर्न चहाँदा टस जित्न सकिएन, जब हामीले ब्याट रोज्यौं मैदान धेरै चिसो थियो र विकेट स्लो भयो। तर जित निकाल्न नसकेपछि यस्तो बाहनाहरू सयभन्दा धेरै निस्किन्छन्।’
अंकतालिका हेर्ने हो भने चेन्नईको प्ले अफमा पुग्ने अवसर अझै छ। तर धोनी अहिले प्ले अफमा जाने भन्दा पनि २०२१ को सिजनका लागि खेलाडी बनाउन केन्द्रित छन्। जसले आउँदो अप्रिलमा खेल्न सक्नेछन्।
‘हामीसँग अर्को सिजनका लागि स्पष्ट मार्गचित्र हुनु आवश्यक छ,’ उनले भने, ‘त्यसैले हामी नयाँ सिजनका लागि अप्सनको पर्खाइमा छौं।’
न्युजिल्यान्डका स्पिन बलिङ अलराउन्डर माइकल सन्तनर र स्थानीय बलर किम असिफ र आर साही किशोर आउँदा तीन खेलमा सहभागी बन्न सक्नेछन्।
‘आउँदो तीन खेल भनेको खेलाडीको लागि अवसर बन्न सक्नेछ,’ धोनीले भने, ‘अब हामीले यो अवस्थाको लाभ उठाउनु पर्ने छ। यस्तो अवस्थामा हुन कोही पनि चहाँदैन तर आफूले पाउने भन्दा धेरै केही पाइँदैन। त्यसैले यो अर्को वर्षको लागि तयारी हो।’
 

प्रकाशित: Oct 24, 2020| 04:34 शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।