आइतबार, असार २८, २०८३

आईपीएल : मुम्बईको सानदार जितमा ट्रेन्ट बोल्ट नायक

इन्डियन प्रिमियर लिग(ईपीएल) अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले सानदार जित निकालेको छ।
 |  शुक्रबार, कात्तिक ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ७, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग(ईपीएल) अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले सानदार जित निकालेको छ। उसले चेन्नई सुपर किंग्सलार्ई १० विकेटले हराउँदै सानदार जित निकालेको हो।

टस हारेर ब्याटिङ सुरु गरेको चेन्नईले खराब सुरुवात गरेर तेस्रो ओभरमै चार विकेट गुमाएको थियो। उसका कप्तान महेन्द्र सिंह धोनी सम्हालिएर खेल्न चाहे पनि १६ रनमै बाहिरिए।

बलर साम कुरनले ५२ रनको अर्धसतकिय पारी खेलेपछि भने चेन्नईले ११४ रन जोड्न सकेको थियो। चेन्नईले ९ विकेटको क्षतिमा पूरा ओभर खेल्दै सो रन जोडेको हो।

यता मुम्बईका ट्रेन्ट बोल्टले एक मेडन राख्दै चार विकेट लिएर प्लेयर अफ दि म्याच बने भने जसप्रित बुमराह र राहुल चहरले समान २–२ विकेट गिराए।

जवाफी ब्याटिङमा आएको मुम्बईले विकेट नगुमाईकन १२.२ ओभरमै लक्ष्य पूरा गर्यो। मुम्बईका ईशान किसनले ६८ रनको अर्धसतकिय पारी खेले भने क्विन्टन डिककले ४६ रनको योगदान दिए।

जितसहित मुम्बई अंकतालिकाको शीर्षस्थानमा छ। उसले १० खेलबाट ७ जित निकाल्दै १४ अंक बनाएको छ।

समान १० खेलबाट १४ अंक बनाएका दिल्ली क्यापिटल र रोयल च्यालेन्जर्स बैंगलोर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

त्यस्तै, कलकत्ता नाइट राइडर्स १० अंकका साथ चौथो स्थाना छ। गएराति पराजित चेन्नई भने ६ अंकका साथ पुछारमा छ।
 

प्रकाशित: Oct 23, 2020| 23:31 शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।