काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत १२ औं तहको प्रमुख विशेषज्ञ पदमा बढुवाका लागि प्रक्रिया सुरु भएको छ। मन्त्रालयमा रिक्त ३ पदका लागि बढुवा समितिले १५ दिने सार्वजनिक सूचना जारी गरेको हो।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै २०७८ असार मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवा अवधि पूरा भएका ११औं तहका अधिकृत कर्मचारीले बढुवासम्बन्धी विवरण मन्त्रालयमा १५ दिनभित्र दर्ता गराउन सक्ने जनाएको छ।
मन्त्रालयका अनुसार दुई महिनादेखि खाली रहेका २ पद र वीर अस्पतालको नयाँ थप दरबन्दीअनुसार १ जना गरी तीन जनाको १२ औं तहमा बढुवा हुनेछन्। मन्त्रालयले १२औं तहको रिक्त पद संख्या तीनमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताका आधारमा बढुवा गर्न लागेको हो।