शनिबार, कात्तिक २९, २०८२

प्रशान्तको स्वर, प्रबेजको शब्दमा ‘म तिमी’ सार्वजनिक

मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत ‘म तिमी’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
 |  शुक्रबार, कात्तिक ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ७, २०७७

काठमाडौं- मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत ‘म तिमी’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

National life

रोमान्टिक स्वादको प्रेमी प्रेमिका बीचको प्रेमभाव प्रस्तुत गरिएको छ। प्रशान्त जंग शाहको स्वरमा रहेको गीतमा प्रबेज जंग शाहको शब्द र संगीत रहेको छ।  

म्युजिक भिडियोमा स्वयम् गायक शाह र निष्ठा शाही फिचर्ड छन्। टिम बेसमेन्टको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। ‘बेसमेन्ट प्रोडक्शन नेपाल’ को अफिसिएल च्यानल मार्फत् भिडियो सार्वजनिक भएको हो।  

मोडलिङमा रुची राख्ने प्रशान्तले यसअघि विभिन्न पुरुष सौन्दर्य प्रतियोगितामा सहभागी भएर उपाधि जितिसकेका छन्। दसैंको अग्रिम शुभकामनासहित निर्माण टिमले यो भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन आग्रह गरेको छ।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 23, 2020| 10:05 शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्