बिहीबार, असोज २२, २०८३

स्टान्डअप शो निर्देशन गर्दै ‘प्रेम गीत–३’ अभिनेता राउत

चलचित्र ‘प्रेम गीत–३’बाट अभिनय यात्रा शुरु गरेका मनिष राउतले स्टान्डअप शो ‘इएफए स्टान्डअप’ निर्देशन गरिरहेका छन्।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– चलचित्र ‘प्रेम गीत–३’बाट अभिनय यात्रा शुरु गरेका मनिष राउतले स्टान्डअप शो ‘इएफए स्टान्डअप’ निर्देशन गरिरहेका छन्। चलचित्र रिलिज नभए पनि विभिन्न ब्रान्डसँग जोडिएका राउत ब्राण्ड एम्बासडर रहेको क्लोथिङ ब्राण्ड ‘डक्टर डेनिम’ले मनिषको शोलाई प्रमुख प्रायोजन गरेको छ।

 काठमाडौंंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट फिल्म एकेडमीले उक्त शो निर्माण गरेको हो। यो स्टान्डअप चलिरहेका शोहरु भन्दा पृथक रहेको निर्देशक राउतले बताए। शोमा एउटा कलाकारलाई विभिन्न चरित्रमा देख्न पाइने उनले बताए। शोका केही श्रृंखला सार्वजनिक गरिएको छ।

‘इएफए इन्टरटेन्मेन्ट’ नामक युट्युब च्यानलबाट साप्ताहिक रुपमा यो श्रृंखला आउने मनिषले बताए। शोमा एभरेष्ट फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुकै सहभागिता रहने जनाइएको छ।

गौरीशंकर धुँजुको डीओपी रहेको शोमा सौरभ पोखरेल, रञ्जन कक्षपति र विकास सिटौलाले क्यामेरा चलाइरहेका छन्। सम्पादन रोहन कुमालले गरेका छन्।। निर्माता विशाल श्रेष्ठ र जोस्चल राजभण्डारी हुन्। निर्देशक मनिषले एकेडेमीसँगको सहकार्यमा विभिन्न सिरिज र चलचित्रहरु बनाउने बताए।

प्रकाशित: Sep 26, 2021| 11:50 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।