बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कपनको ढलमा परेर बेपत्ता भएका बालकको शव ६ दिनपछि भेटियो

कपनको ढलमा परेर बेपत्ता भएका बालकको शव ६ दिनपछि भेटियो

कपनको मिलनचोकस्थित ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरको महाँकाल गाउँपालिकास्थित बागमती नदी किनारमा शनिबार साँझ भेटिएको छ ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– कपनको मिलनचोकस्थित ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरको महाँकाल गाउँपालिकास्थित बागमती नदी किनारमा शनिबार साँझ भेटिएको छ ।

गत सोमबार साँझ हजुरबुबासँग हिँडिरहेको बेला ढलमा खसेपछि १० वर्षका बालक उज्ज्वल विश्वकर्मा बेपत्ता भएका थिए। अनुहार चिन्न नसकिने भए पनि उनले लगाएको सर्टमा कपन मावि लेखेको भेटिएपछि शव पहिचान भएको हो।

अहिले शव भएको स्थानमा आफन्तलाई बोलाएर पहिचान गराउन लागिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन्। शव उज्ज्वलकै भएको प्रहरीले पुष्टि गरेको छ। 

एसएसपी बज्राचार्यका उनका अनुसार बालकको शव ललितपुर र मकवानपुरको सीमानामा फेला परेको थियो। शनिबार साँझ बालकको शव फेला परेको थियो। तर पहिचान हुन सकेको थिएन।


प्रकाशित: Sep 26, 2021| 11:44 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।