आइतबार, असार २८, २०८३

फिफा वरियतामा नेपाल यथावत्

विश्व फुटबल महासंघ (फिफा) ले नयाँ वरियता सार्वजनिक गरेको छ।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) ले नयाँ वरियता सार्वजनिक गरेको छ। नयाँ वरियतामा नेपालको स्थान यथावत् रहेको छ।

कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो। 

फिफाले जारी गरेको वरियतामा नेपाल १७०औँ स्थानमा कायमै छ। फिफाले यसअघि वरियताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो।

कोरोनाका कारण गत वर्ष चैतयता फुटबल प्रतियोगिता हुन पाएको छैन। नेपालले आउँदो महिना भने बङ्गलादेशसित दुई मैत्रीपूर्ण खेल खेल्दैछ।

दक्षिण एशियाली राष्ट्रका वरियतामा भने नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा अगाडि भारत १०८ औँ स्थानमा  छ।

यस्तै माल्दिभ्स १५५, भुटान १८९, बङ्गलादेश एक १८७, श्रीलङ्का २०६ तथा पाकिस्तान २०० औं स्थानमा छ।

विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ। फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरियताका क्रमशः दोस्रा, तेस्रा, चौथा र पाँचौँ स्थानमा छन्।

प्रकाशित: Oct 22, 2020| 14:02 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।