सोमबार, वैशाख २८, २०८३

जर्मनीमा कोरोना संक्रमणको नयाँ रेकर्ड

जर्मनीमा अन्य युरोपेली देशहरुको तुलनामा संक्रमण र त्यसबाट हुने मृत्यु निकै कम छ।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

जर्मनीमा पहिलो पटक एकै दिनमा १० हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ। 

National life

महामारी नियन्त्रण तथा रोकथामका लागि देशको स्वास्थ्य सेवाको नेतृत्व गर्ने स्वास्थ्यमन्त्रीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। 

रोबर्ट कोख इन्स्टिच्यूटको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा जर्मनीमा ११ हजार २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

योसँगै जर्मनीमा संंक्रमितको कुल संंख्या ३ लाख ९२ हजार नाघेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९०५ पुगेको छ। 

अहिलेसम्म जर्मनी कोरोना रोकथाममा सफल मानिएको थियो। जर्मनीमा अन्य युरोपेली देशहरुको तुलनामा संक्रमण र त्यसबाट हुने मृत्यु निकै कम छ।

यूरोपमा सबैभन्दा कम प्रभावित

यद्यपि, यूरोपका अन्य देशसँग तुलना गर्ने हो भने जर्मनीको अवस्था त्यती गम्भीर देखिंंदैन। तर, जाडो याम सुरु हुँदै गर्दा जर्मनीमा कोरोना संक्रमणको दर बढ्दै गएको पाइएको छ। 

रोबर्ट कोख इन्स्टिच्यूटले संक्रमितको संख्या बढे पनि स्थिति नियन्त्रणबाहिर नरहेको बताएको छ। तर, संस्थाले ‘स्वास्थ्य मापदण्डका  नियमहरु पालन गर्नै पर्ने’ जनाएको छ। 

इन्स्टिच्यूटका प्रमुख लोथर वीलरले निजी भेला, पार्टी, विवाह जस्ता कार्यक्रम धमाधम भइरहेकाले त्यसमा रोक लगाउनु पर्ने बताएका छन्। 

जर्मनीका स्वास्थ्यमन्त्री येन्स श्पान कोरोनाबाट संक्रमित हुने पहिलो हाइप्रोफाइल नेता हुन्। स्वास्थ्य मन्त्रालयले उनी सेल्फ आइसोलेसनमा रहेको र उनीसँग सम्पर्कमा रहेका मन्त्रिपरिषदका अन्य सदस्य भने आइसोलेसनमा नरहने जनाएको छ। मन्त्रालयका अनुसार बैठकमा सामाजिक दूरीको पूर्ण पालना गरिएकाले अन्य मन्त्रीहरु आइसोलेसनमा बस्नुपर्ने छैन। 
 

प्रकाशित: Oct 22, 2020| 11:05 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।