शनिबार, कात्तिक २९, २०८२

हल नखुलेपछि टेलिभिजनबाट रिलिज हुँदै ‘लक्ष्मी पूजा’

कार्तिक ७ अर्थात् फूलपातीको दिन पारेर शुक्रबारबाट फिल्म ‘लक्ष्मी पूजा’ डिसहोम, म्याक्स टिभी, नेट टिभी, भिया टिभी र मेरो टिभीबाट रिलिज हुँदैछ। 
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

काठमाडौं- कार्तिक ७ अर्थात् फूलपातीको दिन पारेर शुक्रबारबाट फिल्म ‘लक्ष्मी पूजा’ डिसहोम, म्याक्स टिभी, नेट टिभी, भिया टिभी र मेरो टिभीबाट रिलिज हुँदैछ। 

National life

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा समीर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण छ।

पारिवारिक कथामा आधारित रहेर निर्माण गरिएको फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाह र बाल कलाकार आयुषी ढकालको अभिनय छ। फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा छन्।

निर्माता शोभितका अनुसार फिल्ममा जाहान्वी दोहोरो भूमिकामा छन्। ‘फिल्मको टिजरमा पनि दर्शकहरुले जाहान्वीलाई दोहोरो भूमिकामा देख्नुभएको छ। टिजरमा केही सस्पेन्स लुकाइएको छ, त्यो सस्पेन्स थाहा पाउन फिल्म हेर्नै पर्ने हुन्छ’, निर्माता शोभितले भने।

फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुसालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व र जयकुमार दर्लामीको छायांकन रहेको छ।

Laxmi sunrise bank
kumari

यसअघि फिल्मको टिजरसँगै ‘फुर फुर पुतली’ र ‘जिन्दगी’ बोलको गीत सार्वजनिक भइसकेको छ।

प्रकाशित: Oct 22, 2020| 09:21 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्