बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस अधिवेशन : दाङको तुल्सिपुरमा हमाल, घोराहीमा रावत विजयी

कांग्रेस अधिवेशन : दाङको तुल्सिपुरमा हमाल, घोराहीमा रावत विजयी

दाङस्थित नेपाली कांग्रेस तुलसीपुर उपमहानगरको सभापतिमा सुरेश हमाल विजयी भएका छन्। उनी प्रतिद्वन्द्वी अनिल कार्कीलाई १ सय ६० मतान्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन्।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

बुटवल- दाङस्थित नेपाली कांग्रेस तुलसीपुर उपमहानगरको सभापतिमा सुरेश हमाल विजयी भएका छन्। उनी प्रतिद्वन्द्वी अनिल कार्कीलाई १ सय ६० मतान्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन्। 

National life

हमालले ३ सय ६८ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी अनिलकुमार कार्कीले २०८ मत प्राप्त गरेका छन्।        

त्यसैगरी उपसभापतिमा विनिल केसीले ३५९ मत र गौरव सुबेदीले २८५ मत प्राप्त गरी निर्वाचित भएका छन्। सचिव पदमा विमल पौडेलले ३२९ मत र सुशील वलीले २७५ मत प्राप्त गरी विजयी भएका छन्। 

त्यस्तै घोराही उपमहानगरपालिकाको सभापतिमा तिलक रावत निर्वाचित भएका छन्। रावतले २ सय ८६ मत ल्याउँदा प्रतिद्वन्द्वी नीरज गिरीले १ सय ६२ मत ल्याएको निर्वाचन समितिले जनाएको छ। 

उपसभापतिमा प्रदीप सुवेदी, दुर्लभ केसी, सचिवमा भीमकान्त चौधरी र पुष्पराज आचार्य विजयी भएका छन्। तुल्सिपुर र घोराही उपमहानगरको सभापतिमा विजयी दुवै संस्थापन पक्षका हुन्।

Shivam cement

प्रकाशित: Sep 26, 2021| 10:10 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।