आइतबार, असार २८, २०८३

च्याम्पियन्स लिगमा साविक विजेता बायर्नको सानदार जित

काठमाडौं– साविक विजेता बायर्नले युरोपियन शीर्ष फुटबल च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा सानदार जित निकालेको छ।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

काठमाडौं– साविक विजेता बायर्नले युरोपियन शीर्ष फुटबल च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा सानदार जित निकालेको छ।

उसले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई ४–० गोलअन्तरले हराउँदै जित निकालेको हो।

जितका लागि बायर्नका किंग्स्ले कोमनले दुई गोल गरे भने कोरेन्टिन टोलिसो र लियोन गोरेट्जाले समान १–१ गोल गरे।
बायर्नविरुद्ध एटेलेटिकोले गोल गर्न असमर्थ रह्यो। यता जर्मन क्लबका कोमनले २८ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएको थियो भने गोरेट्जाले ४१ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए।

यससँगै बायर्न पहिलो हाफमै दुई गोलले अघि रह्यो। दोस्रो हाफमा पनि उसले दुई गोल थप्दै जित निकाल्यो।

जितसहित ३ अंक बनाएको बायर्न समूह ए को शीर्षस्थानमा छ भने एट्लेटिको पुछारमा छ।

सोही समूह अन्तर्गत सम्पन्न अर्को खेलमा आरबी साल्जबर्ग र लोकोमोटिभ मस्कोले २–२ गोलको बराबरी खेलेका छन्। उनीहरुले बराबरीसँगै १ –१ अंक बाँडेका हुन्।
 

प्रकाशित: Oct 22, 2020| 01:39 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।