आइतबार, असार २८, २०८३

म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा प्रिमियर क्लब म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

काठमाडौं– यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा प्रिमियर क्लब म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ।

उसले घरेलु इतिहाद रंगशालामा सम्पन्न खेलमा पोर्टोलाई ३–१ गोल अन्तरले हराउँदै सहज जित निकालेको हो।

जितका लागि सर्जियो अग्युरो, गुन्डोगन र फरान टोरेसले समान १–१ गोल गरे। अग्युरोले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै २० औं मिनेटमा सुरुवाती गोल गरेका थिए।

उनले सिटी पछि परेको अवस्थामा गोल गरेका थिए। त्यसअघि १४ औं मिनेटमा पाहुना टोलीका लुइस डियाजले गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा बराबरी भए पनि खेलको दोस्रो हाफमा सिटीले २ गोल थप्दै जित हातमा लिएको थियो।

जितसँगै तीन अंक जोडेको सिटी समूह सीको शीर्षस्थानमा छ भने परातिज पोर्टो पुछारमा छ।

समूह सी अन्तर्गत सम्पन्न अर्को खेलमा मार्सेल्लीले ओलम्पिकोससँग १–० गोलको हार बेहोरेको छ। जितसहित ३ अंक जोडेको ओलम्पिको समूहको दोस्रो स्थानमा छ।
 

प्रकाशित: Oct 22, 2020| 01:35 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।