मंगलबार, चैत ३, २०८२

कोलकत्ता र बैंगलोरको खेलमा बने यस्ता नयाँ रेकर्ड

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा नयाँ रेकर्ड बनेका छन्।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा नयाँ रेकर्ड बनेका छन्।

National life

रोयल च्यालेन्जर्स बैंगलोरले कोलकत्ता नाइट राइडर्समाथि ८ विकेटको जित निकाल्दा मोहम्मद शिरज एकै पारीमा दुई मेडन राख्ने पहिलो खेलाडी बनेका छन्।

चार ओभर बलिङ गरेका शिरजले पहिलो दुई ओभर कुनै रन नदिई बल गरेका थिए। जहाँ उनले तीन विकेट लिए।

सयभन्दा धेरै ओभर बलिङ गरेका आईपीएलका ९२ बलर मध्ये उनले यसअघि ९.२९ को खराब इकोनोमी राखेका थिए। तर गएरातिको खेलमा भने मात्र २.० इकोनोमी प्रदान गरेका गर्दै उकृष्ट पारी खेल्ने बलरको तालिकामा शीर्षस्थामा पुगेका छन्।

उनले चार अभर खेलेर दुई मेडन राख्दै तीन विकेट लिए भने मात्र ८ रन प्रदान गरे। 

Laxmi sunrise bank
kumari

त्यस्तै, बैंगलोरले कोलकत्ताविरुद्ध एकै खेलमा चार मेडन राखेको छ। शिरजबाहेक क्रिस मोरिस र वाशिंटन सुन्दरले पनि १–१ मेडन राखेका थिए। यसअघि कहिल्यै पनि एकै पारीमा दुई मेडन भन्दा धेरै भएको थिएन।

आईपीएल इतिहासमा कोलकत्ता दोस्रो धेरै डबट बल सामना गरेको छ। बैंगलोरले ७२ डट बल फालेको थियो। गत वर्ष आईपीएलमा कोलकत्ताले नै चेन्नईविरुद्ध ७५ डट बलको समान गरेको थियो। क्रिकेटमा कुनै रन नआएको बललाई डट बल भनिन्छ।

कोलकत्ताले बनाएको ८४ रन सबै खेलाडी आउट नभइकन बनाएको सबैभन्दा सानो स्कोर हो। यसअघि सन् २०११ मा टी २० मा मुम्बईले राजस्थानविरुद्ध ८ विकेट गुमाएर ९४ रन बनाएको थियो।

कोलकत्ताका शीर्ष तीन ब्याट्स्मेनल बनाएको स्कोर पनि दोस्रो सानो हो। पहिलो सानो भनेको तीन डक्स थियो।
 

प्रकाशित: Oct 22, 2020| 01:14 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।