आइतबार, असार २८, २०८३

आयाक्सले आत्मघाती गोलले लिभरपुललाई दिलायो जित

काठमाडौं– यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा इंग्लिस क्लब लिभरपुलले रोमाञ्चक जित निकालेको छ।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

काठमाडौं– यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा इंग्लिस क्लब लिभरपुलले रोमाञ्चक जित निकालेको छ।

आयाक्सको मैदानमा सम्पन्न खेलमा लिभपरपुलले १–० गोलको जित निकालेको हो।

लिभरपुलको जितका लागि आयाक्सका एन टालिअफिकोले गरिदिएको आत्मघाती गोल नै काफी भयो। उनले ३५ औं मिनेटमा आफ्नै पोसटमा गोल गरेका थिए।
लिभरपुलका साडियो भनेले गरेको क्रस टालिअफिकालाई लागेर पोस्टमा छिरेको थियो।

जितसहित ३ अंक बनाएको लिभरपुल समूह डीको दोस्रो स्थानमा छ। यता पराजित आयाक्स अंकविहिन रहँदै तेस्रो स्थानमा छ।

सोही समूह अन्तर्गत भएको अर्को खेलमा इटालियन क्लब एटलान्टाले मिडजिल्यान्डलाई उसकै मैदानमा ४–० गोलले हराएको छ।

जितसहित ३ अंक जोडेको एटलान्टा समूहको शीर्षस्थानमा छ।
 

प्रकाशित: Oct 22, 2020| 00:48 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।