आइतबार, असार २८, २०८३

रियल मड्रिड च्याम्पियन्स लिगको पहिलो खेलमा पराजित

काठमाडौं– यूईइफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रियल मड्रिडले सुरुवाती खेलमै हार बेहोरेको छ।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

काठमाडौं– यूईइफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रियल मड्रिडले सुरुवाती खेलमै हार बेहोरेको छ।

उसलाई घरेलु मैदान अल्फ्रेलो डि स्टेफानोमा शख्तर डोनेट्स्कले ३–२ गोलअन्तरले हराएको हो।

रियलका लागि लुका मोड्रिच र भिनिसियस जुनियरले १–१ गोल गरे पनि उनीहरुको गोलले हार टरेन।

यता डोनेट्स्का टेटे र मोहम्मद सोलोमानले १–१ गोल गरे भने रियल मड्रिडका वारानेले आत्मघाती गोल गर्दै डोनेट्स्को खातामा एक गोल थपिदिए।

खेलको पहलो हाफमै डोनेट्स्कले ३–० गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा रियलले दुई गोल गर्न सफल भए पनि जित निकाल्न सकेन्।

यता जितसहित डोनेट्स्क समूह बीको शीर्षस्थानमा छ भने रियल मड्रिड चौथो स्थानमा छ। मड्रिडले अंक जोडेको छैन्।

समूह बी अन्तर्गत अको खेलमा इटालिनय क्लब इन्टर मिलानले बुन्डेसलिगा क्लब मोन्छेनग्लाडबाखसँग १–१ गोलको बराबारी खेलेको छ।
बराबरीसँगै दुवै क्लबले एक–एक अंक बाँडेका छन्।
 

प्रकाशित: Oct 22, 2020| 00:35 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।