काठमाडौं- तालिबानले अफगानिस्तानमा पुरै कब्जा जमाइसकेको छ। अफगानिस्तानमा कब्जा जमाउँदै गर्दा तालिबानले आफू फेरिएको दाबी गरेको थियो। उसले २० वर्ष पहिलेको तालिबान र अहिलेको तालिबानमा जमिन आकाशको फरक हुने बताएको थियो।
तर, पछिल्ला दिनमा तालिबानको बरबरताका घटना सार्वजनिक भइरहेका छन्। तालिबानले एउटा शबलाई बीच सडकमा क्रेनमा टंगाएको घटना सार्वजनिक भइरहेको छ। र, यसले सबैलाई स्तब्ध बनाइरहेको छ।
एक प्रत्यक्षदर्शीका अनुसार तालिबानले एक शबलाई पश्चिमी अफगानिस्तानमा हेरात सहरको मुख्य चौराहामा क्रेनमा टंगाएको हो। उक्त इलाकाका वजिर अहमद सिद्दीकीले समाचार एजेन्सी एपीलाई बताए अनुसार चार शव ल्याएकोमा एक शव त्यहाँ टाँगिएको हो। अन्य तीन शव अन्यत्रै टाँग्नका लागि लगिने छ।
सिद्दीकीले उनीहरू चारै जना अपहरणको घटनामा संलग्न थिए। तालिबानका संस्थापक मध्येका एक मुल्ला नुरुद्दीन तुराबीले यसै हप्ता कठोर सजाएको प्रावधान हुने चेतावनी दिएका थिए।
- एजेन्सी