आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएल : कोलकत्ताका खेलाडी सम्हालिन नसक्दा बैंगलोरको सानदार जित

आईपीएल : कोलकत्ताका खेलाडी सम्हालिन नसक्दा बैंगलोरको सानदार जित

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रोयल च्यालेन्सर्ज बैंगलोरले ८ विकेटको सानदार जित निकालेको छ।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रोयल च्यालेन्सर्ज बैंगलोरले ८ विकेटको सानदार जित निकालेको छ।

अबुधाबी रंगशालामा सम्पन्न खेलमा बैंगलोरले कोलकत्ता नाइट राइडर्समाथी ८ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङ रोजेको कोलकत्ताले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा मात्र ८४ रन बनाएको थियो। ८५ रनको लक्ष्य पछ्याएको बैंगलोरले १३.३ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

बैगलोरको जितका लागि कप्तान विराट कोहलीले १८ रन हाने भने देबदत्त पोडिक्कले २५ रन बनाए। आरोन फिन्च र गुरकिरत सिंहले क्रमशः १६ र २१ रन बनाए।
कोलकत्ताका लागि लकी फग्र्युसनले मात्र एक विकेट लिए।

त्यसपहिले ब्याटिङमा आएको कोलकत्ताले खराब सुरुवात गर्दै तीन बलमै तीन विकेट गुमाएको थियो। टोम बेन्टन र इयोन मोर्गनले विकेट सम्हालेर खेल्न प्रयत्न गरे पनि सकेनन्। उनीहरु क्रमशः १० र ३० रनमा आउट भए।

त्यस्तै, कुलदिप यादव र लकी फग्र्युसनले १२ र १९ रन बनाउनुबाहेक अन्य खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्।

यता बैंगलोरका लागि भने मोहम्मद शिरजले तीन विकेट लिए भने युजेवन्द्र चहलले २ विकेट लिए। नवदिप शैनी र वासिंटन सुन्दरले समान १–१ विकेट लिए।

आईपीएलमा यसअघि सम्पन्न यि दुई टिमको खेलमा बैंगालेरले कोलकत्तालाई ८२ रनले हराएको थियो। शारजाहमा खेलिएको उक्त खेलमा बैंगलोरले १९४ रन बनाएको थियो भने कोलकत्ताले ११९ रन मात्र बनाएको थियो।

पछिल्लो जितसहित बैंगलोर आईपीएलको दोस्रो स्थानमा उक्लिएको छ भने १० अंक बनाएको कोलकत्ता चौथो स्थानमा यथावत् छ।

प्रकाशित: Oct 21, 2020| 23:35 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।