सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • क्याथी प्यासिफिक एयरलाइन्सद्वारा साढे ८ हजार कर्मचारी कटौती

क्याथी प्यासिफिक एयरलाइन्सद्वारा साढे ८ हजार कर्मचारी कटौती

हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले ८ हजार ५०० कर्मचारी कटौती गर्ने भएको छ।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

हङकङ- हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले ८ हजार ५०० कर्मचारी कटौती गर्ने भएको छ।

National life

कोरोना भाइरसको महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन पनि नसकिने भएकाले कटौती गर्न लागिएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन्। 

रोजगारीबाट हटाउन लागिएका कर्मचारीहरु मध्ये ५ हजार ३०० जना हङकङमै रहेर काम गर्नेहरु परेका छन्।

त्यसबाहेक अरु ६०० जना अन्य ठाउँमा रहेका कर्मचारीहरुलाई कटौती गर्न लागिएको कम्पनीको भनाई छ। अरु २ हजार ६०० पद भने पहिलेदेखि नै खाली रहेको थियो। 

कम्पनीको कुल रोजगारीको २४ प्रतिशत कर्मचारी कटौती भएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। रासस
 

प्रकाशित: Oct 21, 2020| 12:41 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।