शनिबार, भदौ २७, २०८३

गण्डकीमा नेकपाका सांसदले पनि फिर्ता गरे दसैं खर्च

गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलले किस्ताकिस्तामा दसैं खर्च फिर्ताको निर्णय गरेका छन्।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

पोखरा- गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलले किस्ताकिस्तामा दसैं खर्च फिर्ताको निर्णय गरेका छन्। यसको पछिल्लो पालोमा परेको छ सत्तारुढ दल नेकपा।

बुधबार पार्टीको संसदीय दलको बैठक बसेर दसैं खर्चवापत प्राप्त १ महिनाको तलब बराबरको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ। 

संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दलको बैठक बसेर रकम फिर्ताको निर्णय गरेको जानकारी दिए।

बुधबार बिहान मन्त्रिपरिषदको बैठकै बसेर मुख्यमन्त्री र मन्त्रीको खर्च फिर्ताबारे निर्णय मन्त्रीहरुले नै रकम फिर्ताबारे निर्णय गरेपछि सांसदहरु दबाबमा परेका थिए।

प्रदेश सभामा नेकपाका ४० सदस्य छन् । सभामुख र उपसभामुखले दल त्याग गर्नुपर्ने भएकाले उनीहरुले रकम फिर्ताबारे केही बोलेका छैनन्।

प्रदेश सभामा १५ सदस्य भएको प्रमुख प्रतिपक्षी दल कांग्रेसले मंगलबार नै निर्णय गरेर दसैं खर्चबापत प्राप्त रकम फिर्ता गरेको थियो।

३ सदस्य रहेको राष्ट्रिय जनमोर्चाले पनि उक्त रकम फिर्ताको निर्णय गरिसकेको छ। २ सदस्य रहेको जनता समाजवादी दलको धारणा भने अहिलेसम्म आएको छैन। गण्डकी प्रदेश सभामा प्रत्यक्ष निर्वाचित ३६ सहित ६० सदस्य छन्।

प्रकाशित: Oct 21, 2020| 12:03 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।