शनिबार, भदौ २७, २०८३

प्रदेश १ मा ५१३ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१३ जना कोरोना संक्रमित थपिएका छन्।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१३ जना कोरोना संक्रमित थपिएका छन्।

मोरङमा २३०, सुनसरीमा १८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा १६२ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ६८ महिला र ९४ पुरुष छन्। मोरङको ग्रामथानमा १८, उर्लाबारीमा १४,  सुन्दरहैचामा १०, रंगेलीमा ५, बेलबारीमा ४, कानेपोखरी, कटहरी, पथरीशनिश्चरे र लेटाङमा ३–३, धनपालथानमा २, जहदा, सुनबर्षी र रतुवामाईमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

सुनसरीको धरानमा ९१, इटहरीमा ७४, रामधुनीमा ६, दुहवीमा ३, इनरुवा, बराहक्षेत्र र गढीमा २–२ , देवानगञ्ज, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

उता झापाको दमकमा २८, विर्तामोडमा १६, मेचीनगरमा ५, कचनकवलमा ४, भद्रपुरमा ३, गौरादह, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा २–२, बाह्रदशी, हल्दिबारी र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

धनकुटाको धनकुटा नगरपालिकामा ९ र साँघुरीगढीमा २, उदयपुरको बेलका र चौदण्डीगढीमा २–२, उदयपुरगढी, त्रियुगा र स्थानीय तह नखुलेका १–१, इलामको रोङ, सुर्योदय र स्थानीय तह नखुलेका १–१, पाँचथरको फालेलुङमा २ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा बुधबार २८ जना डिस्चार्ज भएका छन्। विराट मेडिकल कलेजबाट १८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ र होम आइसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार २०८ पुगेको छ।

प्रदेश १ मा बुधबार १ हजार ८८७ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २३० महिला र २८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख ५० हजार ७५१ ज्नाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।


 

प्रकाशित: Oct 21, 2020| 11:57 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।