शनिबार, भदौ २७, २०८३

बजार बन्द गराउन दार्चुलामा सेना परिचालन

दार्चुला सदरमुकाममा सेना परिचालन गरिएको छ। समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि बजार बन्द गराउन नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो। 
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

धनगढी- दार्चुला सदरमुकाममा सेना परिचालन गरिएको छ। समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि बजार बन्द गराउन नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो। 

बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको छ।

महाकाली नगरपालिकाको वडा नं ४ र ५ मा रहेको बजार सिल गरिएको भए पनि व्यापारीले पसल बन्द नगरेपछि जिल्ला सुरक्षा समितिले नेपाल प्रहरीसंग सँगै सेनालाई समेत बजारमा खटाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए।

अहिले नेपाल प्रहरी र नेपाली सेनाले बजारमा रहेका पसल बन्द गराउदै आएका छन्।  

महाकाली नगरपालिकामा कोरोनाको संक्रमण फैलिरहेको समयमा बजार क्षेत्र खुला हुँदा जोखिम बढ्ने भएकाले बजार बन्द गराउन प्रहरीसँगै सेना खटाईएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।

आज नगरपालिकाका ५० जनामा कोरोना संक्रमण देखिएको छ। जिल्लामा कुल कोरोना संक्रमितको सख्या २५० नाघेको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टरमा कार्यरत ६३ जनामा कोरोना देखिएपछि गण सिल गरिएको छ। 

सुरक्षा मापदण्ड नपनाउदा नगरपालिकाको बजार क्षेत्रमा कोरोना संक्रमण दर बढ्दै गएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए।

प्रकाशित: Oct 21, 2020| 11:05 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।