शनिबार, भदौ २७, २०८३

कोरोना भाइरसबाट एकै दिन २६ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट २६ जनाको मृत्यु भएको छ।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट २६ जनाको मृत्यु भएको छ।  नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै  दिन मृत्यु भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो।  

योसहित देशमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।  नेपालमा पहिलोपटक जेठ ३ गते कोरोना संक्रमितको मृत्यु भएको थियो ।

आज नेपालमा थप पाँच हजार ७४३ जनामा कोरोना संक्रमण भएको छ भने दुई हजार ९९६ जना कोरोनामुक्त भएका छन्। 

नेपालमा आजसम्म एक लाख ४४ हजार ८७२ जनामा कोरोना संक्रमण भएको छ।

यीमध्ये सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ छ भने निको हुनेको संख्या ९९ हजार ६०५ पुगको छ।

प्रकाशित: Oct 21, 2020| 10:48 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।