शनिबार, भदौ २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हालसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित थप, ५७ सय ४३ जनामा पुष्टि

हालसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित थप, ५७ सय ४३ जनामा पुष्टि

पछिल्लो २४ घण्टामा हालसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन्।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा हालसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको कोरोना परीक्षण गरिएकोमा ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।

आज ४४ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा र २९ हजार ८०० जना होम आइसोलेसनमा छन्।

४ हजार ६५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

आज २ हजार ९९६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ।

पछिल्लो २४ घण्टामा हालसम्मकै बढी २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।
 

प्रकाशित: Oct 21, 2020| 10:45 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।