काठमाडौं– दसैं बिदामा राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय खुला रहने भएको छ।
आयोगका सचिव वेद भट्टराईले सूचना जारी गर्दै आयोगको कार्यालय खुला जानकारी गराएका हुन्। आयोगका केन्द्रीय र प्रदेश कार्यालय दसैं बिदामा पनि मानवअधिकार उल्लंघनका घटनाको उजुरी संकलनका लागि मध्याह्न १२ बजेदेखि २ बजेसम्म खुला रहनेछन्।
आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा अनुगमन गर्नेछ।
आयोगको कामकारबाहीका विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन आयोगको प्रवक्ता, सहायक प्रवक्ता, सूचना अधिकारी र सहायक सूचना अधिकारी तोकिएको छ।
आयोगले प्रवक्ताको जिम्मेवारी सहसचिव डा. टीकाराम पोखरेललाई तोकेको छ। त्यस्तै उपसचिव बुद्धनारायण सहनी केवटलाई सहायक प्रवक्ता, उपसचिव सोमनाथ सुवेदीलाई सूचना अधिकारी र मानव अधिकार अधिकृत दुर्गा पोखरेललाई सहायक सूचना अधिकारीको जिम्मेवारी दिइएको छ।