मंगलबार, चैत ३, २०८२

च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार सुरुवात

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगमा पहिलो जितसहित बार्सिलोनाले सानदार सुरुवात गरेको छ। मंगलबार राति सम्पन्न खेलमा उसले प्रतिस्पर्धी फेरेन्कवरोसलाई ५–१ गोलले हराएको हो।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगमा पहिलो जितसहित बार्सिलोनाले सानदार सुरुवात गरेको छ। मंगलबार राति सम्पन्न खेलमा उसले प्रतिस्पर्धी फेरेन्कवरोसलाई ५–१ गोलले हराएको हो।

National life

क्याम्प नाउमा भएको खेलमा जितका लागि युवा स्टार अन्सु फाटी, पेड्रि, फिलिप काउटिन्हो र ओउसमान डेम्बेलेले समान १–१ गोल गरे भने कप्तान लियोनेल मेस्सीले पनि सुरुवातमा पेनाल्टीमार्फत् गोल गरे।

फरेन्कवरोसका खेलाडीले २६ औं मिनेटमा मेस्सीलाई गोल गर्ने अवस्थामा लडाएपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो। जसको उपयोग गर्दै उनले पहिलो गोल गरे।

४२ औं मिनेटमा डि जङको पासमा फाटीले गोल गरेसँगै पहिलो हाफमा बार्सिलोना २–० गोलले अघि रह्यो। फाटीको पासमा काउटिन्होले ५२ औं मिनेटमा गोल गरे भने ८२ औं मिनेटमा डेम्बेलेको पासलाई पेड्रीले गोलमा परिणत गरे।

त्यस्तै, मेस्सीको पासमा डेम्बेलेले अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनाको तर्फबाट पाँचौ गोल स्कोर गरेका थिए।

Laxmi sunrise bank
kumari

यता ७० औं मिनेटमा फेरेन्कवरोसले सान्त्वना गोल गरेको थियो। जितसहित ग्रुप जीमा रहेको बार्सिलोनाले ३ अंक जोडेको छ।
 

प्रकाशित: Oct 21, 2020| 02:19 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।