आइतबार, असार २८, २०८३

च्याम्पियन्स लिगमा युभेन्टसको सुखद् सुरुवात

च्याम्पियन्स लिग २०२०–२१ को नयाँ सिजनमा आन्द्रे पिर्लोको प्रशिक्षणमा रहेको युभेन्टसले सुखद् सुरुवात गरेको छ।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं– च्याम्पियन्स लिग २०२०–२१ को नयाँ सिजनमा आन्द्रे पिर्लोको प्रशिक्षणमा रहेको युभेन्टसले सुखद् सुरुवात गरेको छ। उसले पहिलो खेलमा डायनामो किवविरुद्ध उसकै मैदानमा २–० गोलअन्तरको जित निकालेको छ।

जितका लागि दुवै पटक अल्भारो मोराटाले गोल गरे। पहिलो हाफमा गोलरहित बरबरी भएको खेलमा मोराटाले दुवै गोल दोस्रो हाफमा गरेका थिए।

उनले दोस्रो हाफको पहिलो मिनेटमै सिक्स यार्डको क्षेत्रबाट प्रहार गरेको गोल स्कोर भएपछि पाहुना टिमले सुरुवाती जित निकालेको थियो।

त्यस्तै, जुवन कुवड्राडोको पासमा मोराटोले दोस्रो गोल गरेका थिए। जितसँगै युभेन्टस समूह जीको दोस्रो स्थानमा छ। यता ५–१ गोलअन्तरको जित निकालेको बार्सिलोना समूहको शीर्षस्थानमा छ।

यसै समूह अन्तर्गत लियोनेल मेस्सीको कप्तानीमा रहको बार्सिलोना र क्रिस्टियानो रोनाल्डोको इटालियन टिम युभेन्टसबीच अक्टोबर २९ मा प्रतिस्पर्धा हुँदैछ।

युभेन्टसका रोनाल्डोलाई कोरोना भइरसको संक्रमण भएपछि उनी अहिले आइसोलेसनमा छन्। बार्सिलोना विरुद्धको खेलमा भने उननलाई मैदानमा देख्न पाइनेछ।
 

प्रकाशित: Oct 21, 2020| 01:44 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।