मंगलबार, चैत ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेयमार र एम्बाप्पेले गोल गर्न नसक्दा पीएसजी युनाइटेडसँग पराजित

नेयमार र एम्बाप्पेले गोल गर्न नसक्दा पीएसजी युनाइटेडसँग पराजित

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग २०२०–२१ को पहिलो खेलमै पराजित भएको छ।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग २०२०–२१ को पहिलो खेलमै पराजित भएको छ। उसलाई घरेलु मैदानमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले २–१ गोलअन्तरले हराएको हो।

National life

युनाइटेडको जितका लागि मार्कस रासफर्डले एक गोल गरे भने कप्तान ब्रुनो फार्नान्डेले पेनाल्टीमार्फत गोल गरे।

खेलको २३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपायोग गर्दै फर्नान्डेसले गोल गरेका थिए। उनको गोलसँगै पहिलो हाफमा पाहुना टिम एक गोलले अघि रह्यो।

दोस्रो हाफमा आक्रामक रुपले देखा परेको पीएसजीले गोल गर्न सकेन बरु युनाइटेडका एन्थोनी मार्सलले आफ्नै पोस्टमा गोल गर्दै पीएसजीलाई गोल कोसेली दिए।

यसबाहेक खेलको ८७ औं मिनेटमा पाउल पोग्बाको पासलाई उपयोग गर्दै रासफोर्डले गोल गरेर युनाइटेडलाई जित दिलाए। जितसहित युनाइटेड ग्रुप जीको दोस्रो स्थानमा छ। उसको तीन अंक छ।

Laxmi sunrise bank
kumari

यता पीएसजीका फरवार्ड नेयमार र केलियन एम्बाप्पे भने गोल गर्नबाट चुके। पीएसजी च्याम्पियन्स लिगको साविक उपविजेता पनि हो। पहिलो पराजय भोगेर अंकविहिन बनेको पीएसजी ग्रुपको तेस्रो स्थानमा छ।

यही ग्रुप अन्तर्गत मंगलबार राति सम्पन्न अर्को खेलमा आरबी लाइप्जिकले इस्तानबुल लाई २–० गोलअन्तरले हराएको छ। जिसहित लाइप्जिक ग्रुपको शीर्षस्थानमा छ।
 

प्रकाशित: Oct 21, 2020| 01:31 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।