आइतबार, असार २८, २०८३

हाल्यान्डको गोलले रोकेन डर्टमुन्डको हार

च्याम्पियन्स लिगको मंगलबार राति सम्पन्न खेलमा इटालियन क्लब लाजियोले जर्मन क्लब बोरुसिया डर्टमुन्डविरुद्ध सहज जित निकालेको छ।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं– च्याम्पियन्स लिगको मंगलबार राति सम्पन्न खेलमा इटालियन क्लब लाजियोले जर्मन क्लब बोरुसिया डर्टमुन्डविरुद्ध सहज जित निकालेको छ।

लाजियोको ओलम्पिकाओ रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले ३–१ गोलअन्तरको जित निकालेको हो। जितका लागि सिरो इमोवाइल र जिन डानियल एकेप्रोले समान १–१ गोल गरे।

खेलको छैटौं मिनेटमा गोल गर्दै इमोबाइले लाजियोलाई सुरुवाती अग्रता दिलाए। तर २३ औं मिनेटमा डर्टमुन्डका माविन हिट्जले आत्मघाती गोल गरेपछि लाजियो पहिलो हाफमै दुई गोलले अघि रह्यो।

दोस्रो हापको ७६ औं मिनेटमा इर्लिङ ब्रुट हाल्यान्डले गोल गर्दै खेलमा डर्टमुन्डलाई खेलमा फर्काउन चाहे पनि सकेनन्। बरु ७६ औं मिनेटमा एकेप्रोले गोल गर्दै जितलाई ३–१ मा पुर्याए।

जितसहित लाजियो ग्रुप एफको शीर्षस्थानमा छ भने डर्टमुन्ड पुछारमा छ।

मंगलबार राति नै भएको अर्को खेलमा जेन्टविरुद्ध जित निकाल्दै क्लब ब्रुगले पनि तीन अंक जोडेको छ। उसले २–१ गोलको जित निकालेको थियो।

जितसहित ब्रुग अंकतालिकाको दोस्रो स्थानमा छ भने जेन्ट तेस्रो स्थानमा छ।
 

प्रकाशित: Oct 21, 2020| 01:07 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।