आइतबार, असार २८, २०८३

आईपीएल : दिल्लीमाथि पञ्जाबको जित

यूएईमा जारी आईपीएल २०२० को हिजो मंगलबार रातिको खेलमा किंग्स एलाभेन पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ।
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

यूएईमा जारी आईपीएल २०२० को हिजो मंगलबार रातिको खेलमा किंग्स एलाभेन पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।

दिल्लीका लागि शिखर धवनले सर्वाधिक १०६ रन जोडे। कप्तान श्रेयस ऐय्यर र ऋषभ पन्तले समान १४ रन जोडेका थिए।

पञ्जाबका लागि मोहम्मद शमीले २ विकेट लिन सफल भए। जिम्मि निशम, मुरूगन अश्विन र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए।

पञ्जाबले १ ओभर बाँकी छँदै ५ विकेट गुमाउँदै जित हासिल गर्यो।

पञ्जाबका निकोलस पूरनले सर्वाधिक ५३ रन बनाए।  ग्लेन म्याक्सवेलले ३२ रन तथा क्रिस गेलले २९, कप्तान केएल राहुलले १५ रन जोडे।

प्रकाशित: Oct 20, 2020| 23:51 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।