आइतबार, असार २८, २०८३

आईपीएलमा आज दिल्ली र पञ्जाब भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राति पौने ८ बजे ३८ औं खेल हुँदैछ। आजको खेलमा शीर्षस्थानको दिल्लीले सातौं स्थानको किंग्स इलेभेन पञ्जाबसँग प्रतिस्पर्धा गर्नेछ। 
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राति पौने ८ बजे ३८ औं खेल हुँदैछ। आजको खेलमा शीर्षस्थानको दिल्लीले सातौं स्थानको किंग्स इलेभेन पञ्जाबसँग प्रतिस्पर्धा गर्नेछ। 

आजको खेल रोचक यसकारण पनि हुनेछ कि पञ्जाबले पछिल्लो डबल सुपर ओभरमा जित निकाल्दै खेलमा फर्किएको छ भने दिल्ली पनि जित निकाल्दै प्ले अफमा स्थान सुरक्षित गर्ने दाउमा छ।

आईपीएलमा ८ जित अथवा १६ अंक प्लेअफका लागि लगभग योग्य हुने मानिन्छ। विगतका प्वाइन्ट टेबल हेर्दा यस्तै देखिन्छ। जारी सिजनमा दिल्लीले ९ खेलमा ७ जित निकालिसकेको छ भने ऊ आठौं जितका लागि प्रतिस्पर्धा गर्दैछ।

यता पञ्जाब भने शीर्ष चारका लागि संघर्षरत छ। उसले नौमध्ये तीन खेलमा मात्र जित निकालेर सातौं नम्बरमा छ।

यी दुई टिमको आकर्षक पक्ष के छ भने सिजनको पहिलो र विवादित सुपर ओभर यही टिमबीच भएको थियो। जहाँ पञ्जाबविरुद्ध दिल्लीले जित निकालेको थियो। दुबईमा सम्पन्न खेलमा दुवै टिमले १५७ रन बनाएका थिए।

जारी सिजनका टप स्कोरर केएल राहुल पञ्जाबका कप्तान हुन्। उनी यो सिजनमा पाँच सय भन्दा धेरै (५२५) बनाउने एक्ला खेलाडीसमेत हुन्। जहाँ अर्का ओपनर मयंक अग्रवालले पनि उत्कृष्ट समय विताइरहेका छन्।

त्यस्तै, बलर रवि विश्नोई र मोहम्मद शामी पनि राम्रो फर्ममा छन्। यता दिल्लीको भने पूरा प्लेइङ सेट नै उत्कृष्ट फर्ममा छ।त्यसमाथि उसका कप्तान श्रेयस अय्यर, शिखर धवन र कागिसो रबाडाले सानदार प्रदर्शन गरिरहेका छन्।

पञ्जाब र दिल्लीबीच आजको खेल दुबईमा हुनेछ। त्यहाँको आकाश सफा रहनेछ भने तापक्रम २२ देखि ३६ डिग्री रहनेछ। दुबईमा टस जित्ने टिमले पहिला ब्याटिङ गर्न रुचाउने छ।

सम्भावित प्लेइङ सेटः

पञ्जाबः केएल राहुल (कप्तान), मयंक अग्रवाल, निकोलस पुरन, क्रिस गेल, ग्लेन म्याक्सवेल, दिपक हुडा, क्रिस जोर्डन, मुरुगन अश्विन, मोहम्मद शामी, रवि विश्नोइ, अर्शदिप सिंह

दिल्लीः श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, पृथ्वी शा, शिखर धवन, शिमरन हेट्मेयर, मार्कस स्टोइनिस, अक्षर पटेल, कागिसो रबाडा, एनरिच नोर्तजे, रविचन्द्र अश्विन, तुषार देशपाण्डे
 

प्रकाशित: Oct 20, 2020| 11:59 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।