बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य सेवा कार्यालय मुगुलाई ब्याक टू लाइफको स्वास्थ्य सामाग्री सहयोग

स्वास्थ्य सेवा कार्यालय मुगुलाई ब्याक टू लाइफको स्वास्थ्य सामाग्री सहयोग

अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था ब्याक टू लाइफले गमगढीस्थित स्वास्थ्य सेवा कार्यालय मुगुलाई कोभिड १९ उपचार तथा व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

मुगु- अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था ब्याक टू लाइफले गमगढीस्थित स्वास्थ्य सेवा कार्यालय मुगुलाई कोभिड १९ उपचार तथा व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

एक थान पोर्टेबल एक्सरे मेसिन, १० थान बेन सर्किट्स, एक थान पोर्टेबल युएसजी मेसिन, एक थान इन्फ्युजन पम्प, एक थान सिरिन्ज पम्प, पाँच थान प्यासेन्ट मोनिटर स्थानीय परियोजना साझेदार संस्था मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरेन्डेक नेपाल) मार्फत वितरण गरिएको हो।

उक्त कार्यक्रममा बोल्दै ब्याक टू लाइफका कार्यक्रम निर्देशक डिकेन्द्र ढकालले मुगु जस्तो अतिविपन्न तथा भौगोलिक कठिनाइ भएको क्षेत्रको स्वास्थ्य, शिक्षा तथा समुदायमा परिवर्तन ल्याउने उद्देश्यले सञ्चालित यस संस्थाको कार्यक्रमहरूमा विगत १२ वर्षदेखि समन्वयकारी भूमिका खेल्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्ण बहादुर रोकाया, प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटी, जिल्ला अस्पताल मुगुका प्रमुख ज्ञान सिंह बुढालाई ब्याक टू लाइफका कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल, प्रशासनिक निर्देशक अच्युत पौडेल र हेरेन्डेक नेपालका अध्यक्ष राजु कार्कीले स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

जिल्ला अस्पताल मुगुका प्रमुख ज्ञान सिंह बुढाले ब्याक टू लाइफले यसको साझेदार संस्था हेरेन्डेक नेपाल मार्फत गरेको स्वास्थ्य सामाग्री सहयोग मुगुका सर्वसाधारणको स्वास्थ्यका लागि अत्यन्तै महत्त्वपूर्ण भएको र योजना अनुरूपको बुस्टर सहितको अक्सिजन प्लान्ट पनि चाँडै प्राप्त हुनेमा आशा व्यक्त गरे।

प्रकाशित: Sep 26, 2021| 06:52 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।